• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ?

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  ०९:११
1140x725

काठमाडौं– रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया गरिरहेका छन्।

आफन्तको अवस्था थाहा नभएपछि धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यतामा परिवारहरू यस्तो विधितर्फ अघि बढिरहेका हुन्। तर, प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न हतार गर्न नहुने ज्योतिष तथा पण्डित बालकृष्ण आचार्यको धारणा छ।

आचार्यले धर्मशास्त्रमा बेपत्ता व्यक्तिको अवस्थाका आधारमा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्ने विधि उल्लेख भए पनि प्राकृतिक विपत्तिको अहिलेको अवस्थामा परिवारले तत्कालै आत्तिएर यस्तो निर्णय गर्न नहुने बताए।

उनले भने,‘यस्ता प्राकृतिक विपत्तिहरूलाई फरक तरिकाले सोच्नुपर्छ। यति चाँडै नआत्तिनुपर्ने हो। कतिपयले आत्तिएर छिटो गर्नुभएको हो कि जस्तो पनि देखिन्छ। यसमा यति चाँडै आत्तिनुपर्ने अवस्था होइन।’

उनका अनुसार धर्मशास्त्रीय मान्यतामा कुनै व्यक्ति हराएमा वा लामो समयसम्म सम्पर्कमा नआएमा निश्चित अवस्थापछि कुशको प्रतिमा बनाएर त्यसलाई जौंको पिठोले लेपन गरी मानव शरीरको स्वरूप दिएर अन्त्येष्टि गर्ने विधि उल्लेख छ। यस्तो विधिमा वेदका मन्त्र तथा ऋचामार्फत सम्बन्धित व्यक्तिको नाम र गोत्रअनुसार आह्वान गरी कर्म गरिने उनले बताए।

तर अहिलेको अवस्थामा खोजी तथा उद्धार कार्य चलिरहेकाले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुअघि पर्याप्त समय पर्खनुपर्ने उनको सुझाव छ। उनले सरकारले खोजी कार्य सकिएको घोषणा नगरेसम्म परिवारले धैर्य गर्नुपर्ने बताए।

आचार्यले भने,‘सरकारले विभिन्न स्रोत–साधनहरू प्रयोग गरेर जीवित मान्छेहरू भेटाइरहेको छ। खोज अनुसन्धान सकियो भनेर घोषणा नगरेसम्म पर्खिनु नै उपयुक्त हुन्छ जस्तो लाग्छ। ’

उनले विपत्तिपछि पनि कठिन अवस्थामा लामो समयसम्म मानिस जीवित रहेको उदाहरण देखिएकाले बेपत्ता व्यक्तिका परिवारले तत्कालै आशा मार्न नहुने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसकेपछि सम्बन्धित व्यक्ति जीवितै भेटिएमा के गर्ने भन्ने विषयमा पनि धर्मशास्त्रमा छुट्टै विधि रहेको आचार्यले बताए।

उनका अनुसार यस्तो अवस्थामा पहिले गरिएको कर्मलाई प्रायश्चितका रूपमा ‘गौदान’ गरेर रोक्ने र जीवित व्यक्ति भेटिएपछि धार्मिक विधिअनुसार थप संस्कार गर्नुपर्ने हुन्छ।

त्यसपछि सम्बन्धित व्यक्तिको अवस्था हेरेर ‘घृतकुम्भ’सम्बन्धी विधि अपनाउने उल्लेख रहेको उनले बताए। जीवित भेटिएको व्यक्तिलाई घिउको घडामा घाँटीसम्म राखेर निकाल्ने, स्नान गराउने र पुनर्जन्मको प्रतीकात्मक संस्कार गर्ने विधि रहेको आचार्यको भनाइ छ। त्यसपछि न्वारानदेखि विवाहसम्मका आवश्यक संस्कार पुनः गरिने धार्मिक मान्यता रहेको उनको भनाई छ। 

आचार्यका अनुसार कुशलाई धार्मिक कर्ममा विशेष महत्त्व दिइन्छ। विभिन्न पौराणिक कथामा कुशको उत्पत्तिबारे फरक–फरक प्रसङ्ग उल्लेख भए पनि भगवान् विष्णुसँग यसको सम्बन्ध रहेको धार्मिक मान्यता रहीआएको उनले जानकारी दिए।

Xtrem

Xtrem

धार्मिक कर्ममा कुशलाई भगवानसँग जोड्ने माध्यमका रूपमा समेत लिइने उनको भनाइ छ। त्यसैले कुश नै प्रयोग बनाएर शवको रुपमा अन्त्येष्टि गरिने प्रचलन रहिआएको उनले बताए। 

यस्तै, प्राकृतिक विपत्तिमा घरबार तथा आवश्यक सामग्रीसमेत गुमाएका परिवारले धार्मिक संस्कार गर्न कठिनाइ भए उपलब्ध स्रोतअनुसार सरल विधिबाट कर्म गर्न सकिने उनले बताए। आवश्यक सामग्री जुटाउन नसक्ने अवस्थामा वैकल्पिक धार्मिक विधि अपनाउन सकिने उनको भनाइ छ।

तर अहिलेको मुख्य प्राथमिकता भने बेपत्ता व्यक्तिको खोजी र पहिचान हुनुपर्ने आचार्यले बताए। उनका अनुसार शव भेटिएपछि समेत डीएनएलगायतका माध्यमबाट पहिचान प्रक्रिया पूरा हुन समय लाग्नसक्ने भएकाले हतारमा धार्मिक संस्कार पूरा गर्ने निर्णय गर्दा पछि थप जटिलता आउनसक्छ।

यदि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसकेपछि सम्बन्धित व्यक्तिको शव भेटिएमा पनि धर्मशास्त्रमा त्यसका लागि विधि रहेको उनले बताए।

यस्तो अवस्थामा शवको दाहसंस्कार गर्नुपर्ने र पहिले नै कर्म भइसकेको भए निश्चित अवधिको जुठो बार्नेलगायतका प्रक्रिया अपनाइने उनको भनाइ छ।

आचार्यले बेपत्ता परिवारको पीडा र धार्मिक भावनालाई ध्यानमा राख्दै निर्णय गर्दा सम्बन्धित पण्डित तथा गुरुहरूसँग परामर्श गर्नुपर्नेमा पनि जोड दिए।

धर्मशास्त्रीय मान्यताअनुसार यस्तो कर्म व्यक्तिगत रूपमा मात्र निर्णय गरेर नभई परिवार, समाज तथा गुरु–पण्डितको राय–सल्लाह लिएर गर्नुपर्ने उनले बताए।

उनको अनुसार धर्मशास्त्रमा उल्लेख भएअनुसार कोही व्यक्ति हराउँदा, लुप्त हुँदा, र धेरै लामो समयसम्म व्यक्तिको खोजी नहुँदाखेरि उसको उमेरको हिसाबले एकसय वर्ष पूरा हुने बेलासम्म पर्खिनुपर्ने हुन्छ। 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्