नेपाल ओलम्पिक कमिटीले जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा दीपेन्द्रसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललितनरायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।
नेपाल, मलेशिया, हङकङ र ओमानले छनोट चरण पार गर्दै एशिया कपमा स्थान बनाएका थिए । यस्तै अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का वरीयताका आधारमा सीधै खेल्दैछन् । जापान आयोजकका रूपमा सहभागी हुनेछ । नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ । शीर्ष दुईमा पर्ने टोली क्वाटरफाइनलमा पुग्नेछ ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।