• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारलाई अर्थविद्हरुको सुझाव- बजेटको आकार नबढाऊ

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २७, २०७५  ११:४१
1140x725

काठमाडौं- सरकार बजेट विनियोजनको पूर्वसन्ध्यामा रहँदा संघीयता अनुसार पहिलो पटक निर्माण हुन लागेको बजेटको आकार बढ्ने विभिन्न निकायले बताइरहेका छन्। अर्थशास्त्रीहरुले भने बजेटको आकार नबढाउन सरकारलाई सुझाव दिएका छन्। 

उनीहरुले सरकारले चालु खर्च बढाउन बजेटको आकार बढाउनु राम्रो नभएको टिप्पणी गरेका छन्। अर्थशास्त्री रामेश्वर खनालले विकास निर्माणको नाममा सरकारले बजेटको अकार बढाउन नहुने बताएका छन्। खनालले अघिल्लो वर्षकै बजेट (१२ खर्ब ८९ अर्ब) को हाराहारीमा भन्दा बजेट नबढाउन सरकारलाई सुझाव दिएका छन्। 

बजेट बढ्दा विकास निर्माणको कामभन्दा पनि बैंकिङ क्षेत्रमा तरलता अभाव सिर्जना भएर विकास-निर्माणमा असर पर्ने खनालको तर्क छ। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘सरकारले विगतका वर्षहरुमा बजेटको अकार बढाउँदा बैंकिङ क्षेत्रमा तरलता अभाव सिर्जना भयो। जसका कारण निजी क्षेत्रले गर्ने विकास-निर्माणको काम पनि अघि बढ्न सकेन।’ 

विगतका वर्षहरुमा तयारी र सम्भाव्यताको अध्ययनबिना बजेट ल्याउँदा कार्यान्वयनमा समस्या देखिएको खनालको तर्क छ। उनले भने, ‘कार्यान्वयनको अन्तिम चरणमा रहेका र लगानीबाट फाइदा दिन सकिने आयोजनाहरुमा मात्रै बजेट विनियोजन गरेर छिटो सम्पन्न गर्नुपर्छ।’

बजेटको विनियोजनभन्दा पनि आर्थिक सुधारको चुनौतीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने खनालले बताए। 

उनले भने, ‘आर्थिक सुधारका लागि पक्रियागत र कानुनी रुपमै समस्या छ। त्यसको समाधानतर्फ सरकार लाग्नुपर्छ।’ 

सरकारले प्रदेश सरकारको बजेट आकार निकै सानो बनाएको भन्दै संघीय सरकारको केही बजेट प्रदेश सरकारलाई दिनुपर्ने खनालको तर्क छ। 

‘सहायक मार्गहरुको निर्माण गर्ने जिम्मा प्रदेश सरकारलाई दिएर बजेट पनि उनीहरुलाई नै दिनुपर्छ। जसकारण विकास-निर्माणले गति लिन सक्छ’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा शंकर शर्माले अर्थमन्त्रीले संसदमा बजेटको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै पूर्वाधार, सामाजिक क्षेत्रमा प्राथमिकता दिनेबारे राखेको कुरा सकारात्मक भएको टिप्पणी गरे। तर, त्यसका लागि नीतिगत कुरामा सुधार गर्न आवश्यक रहेको उनको तर्क छ। 

डा शर्माले वित्तीय अनुशासनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। शर्माले विदेशी अनुदानलाई पनि सरकारले सदुपयोग गर्न नसकेको बताएका छन्। 

‘कुल विदेशी सहयोगको करिब ३२ प्रतिशत मात्रै खर्च हुने गरेको छ', उनले भने,  'विदेशी अनुदान सदुपयोग गर्न आयोजनाहरु तयारी अवस्थामा राख्नुपर्छ।’ 

सरकारले भन्दै आएको पूर्व-पश्चिम रेलमार्गको निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने शर्माले बताए। भने, ‘पूर्व-पश्चिम रेलमार्गको निर्माणसँगै ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणमा जोड दिनुपर्छ।’

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् केशव आचार्य अर्थमन्त्रीले संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गरेको प्रस्तावले अबको बजेट ठूला आयोजनामा विनियोजन गर्ने देखिएको र यो सकारात्मक रहेको धारणा राख्छन्। तर, सरकारले कृषि तथा पर्यटनलाई प्राथमिकता नराखी अरु आयोजनालाई महत्व दिन नहुने उनको तर्क छ।

उनले भने, ‘मुलुकको सकृय जनसंख्याको तीन भागमध्ये दुई भाग जनसंख्या कृषि पेशामा आबद्ध रहेको अवस्थामा यसलाई प्राथमितामा राखेर बजेट विनियोजन गर्नुपर्छ।’

बजेट भनेबित्तिकै अर्बौं-खर्बौं रकम भन्ने नबुझ्न उनले सरकारलाई आग्रह गरेका छन्। 

‘सरकारले बजेट विनियोजन गरेर मात्रै विकास-निर्माणको काम अगाडि बढ्दैन। त्यसका लागि उचित नियम-कानुनको व्यवस्था गर्नुपर्छ’, उनले भने।

अहिले उद्योगधन्दा सञ्चालनका लागि कानुन झन्झटिलो रहेको उनको भनाइ छ। उनले देशको कुलग्रार्हस्थ उत्पादनलाई ध्यान दिँदै १२ खर्ब १३ अर्बभन्दा बढ्न नहुने बताए। 

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबारको संसद बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्ताव प्रस्तुत गरेका छन्। डा खतिवडाले उक्त अवसरमा संघीय सरकारले वित्तीय संघीयताको सही अभ्यास गर्ने भन्दै आगामी आर्थिक वर्षदेखि स–साना आयोजनामा संघीय बजेट विनियोजन नगर्ने बताएका थिए।

यद्यपि अहिलेको अवस्थामा धेरै बजेट जेठ र असारमा रकमान्तर गरी खर्च गर्ने प्रवृत्ति देशमा हावी छ। यसले गर्दा खर्च प्रक्रियामा अनियमितता र कामको गुणस्तरमा पनि ह्रास आउने गरेको अर्थशास्त्रीहरुले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति शुक्रबार, वैशाख ११, २०८३
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी प्रहरी नियन्त्रणमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा सरकारसँग स्पष्टीकरण माग बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्