काठमाडौं- काशीनाथ तिवारी हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइएका रौतहटको कटहरियाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंबाट पक्राउ गरेको हो।
हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैदको फैसला सुनाएको थियो। सो फैसलापछि कुशवाहा फरार थिए।पक्राउ परेका कुशवाहालाई अदालतको फैसला कार्यान्वायनका लागि अदालतमा पेश गरिने सिआईबीका डिएसपी कमल थापाले बताए।
माओवादी केन्द्रबाट मेयरमा निर्वाचित कुशवाहालाई माओवादी नेता प्रभु शाहको स्वकीय सचिव हुँदा हत्या अभियोगमा मुद्दा लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।