काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदै छन्।
भ्रमणमा आउनु अगाडि मोदीले माइक्रोब्लगिङ साइट ट्विटरमा नेपाल सम्बन्धी तीन वटा ट्विट गरेका छन्।
मोदीले पहिलो ट्विटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भ्रमणमा जान लागेको भन्दै द्विपक्षीय सहयोग प्रगाढ बनाउन ओलीसँग विस्तृत कुराकानी गर्ने उल्लेख गरेका छन्।
दोस्रो ट्विटमा उनले आफ्नो भ्रमणमा काठमाडौंका साथै जनकपुर र मुक्तिनाथ जाने भन्दै यी ठाउँ तीर्थयात्रा र पर्यटनका जीवन्त क्षेत्र रहेको उल्लेख गरेका छन्।
यस्तै, तेस्रो ट्विटमा नेपाल नयाँ प्रजातान्त्रिक अभ्यास र उन्नत अर्थव्यवस्थातर्फ अग्रसर रहेको भन्दै नेपाल सरकारको 'समृद्ध नेपाल र सुखी नेपाली' अभियानमा भारतले साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदी पटनाबाट भोलि बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।