• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् हेरफेर : सिंहदरबारमा कतै सन्नाटा, कतै स्वागतको माहोल

सविन मिश्र/शिव बोहरा शुक्रबार, पुस १०, २०७७  २२:३२
1140x725

काठमाडौं- शुक्रबार बेलुकी ६ बजे नयाँ मन्त्रीहरूको सपथको चर्चाले तातिरहेको राजनीतिमा नयाँ ताप दियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् भने केही नयाँ थपिएका छन्। 

प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहबाट गणेश ठगुन्ना, प्रेम आले र जुलिकुमारी महतोलाई मन्त्री बनाएका छन्। यसैगरी प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहबाटै बर्दियाकी बिमला बिकलाई राज्यमन्त्री नियुक्त गरेका छन्। यस्तै पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, मणिचन्द्र थापा र दावा लामा मन्त्री भएका छन्। 

मन्त्रीहरूको सपथ हुने भएपछि राष्ट्रपति कार्यालयबाट सम्बन्धित मन्त्रालयका सचिवलाई तत्काल उपस्थित हुन खबर गयो। 'हामी अधिकांश सचिवहरू घर पुगिसकेका थियौँ, ४० मिनेटभित्र शितलनिवास आउनु भन्ने खबर आएको थियो,' सरकारका एक सचिवले भने, 'त्यसपछि हामी हतार हतार राष्ट्रपति निवास पुगेका थियौँ।' 

श्रम मन्त्रालयमा मन्त्रीको स्वागतका लागि सजाइएका जोरघडा। तर नवनियुक्त मन्त्रीले शुक्रबार पदभार ग्रहण गरेनन्।

शुक्रबार छिट्टै कार्यालय समय सकिने भएकाले कर्मचारीहरू घर गैसकेका थिए। तर एक्कासी मन्त्रीहरूको सपथको खबर आएपछि उनीहरू हतारहतार सपथमा पुगे र स्वागतका लागि सिंहदरबार फर्किए। साँझ ८ बजेपछि सिंहदरबार प्रवेश गर्दा अधिकांश मन्त्रालयका ढोका बन्द थिए। जिम्मेवारी हेरफेर भएका मन्त्रीहरूले सचिवलाई आइतबार मात्रै कार्यालय आउने खबर गरेका थिए भने नयाँ मन्त्रीहरू सिंहदरबार जाने तयारीमा थिए। 

तर प्रधानमन्त्री ओलीले ८ बजे मन्त्रिपरिषद बैठक बोलाएका कारण मन्त्रीहरू सथप ग्रहणपछि बालुवाटार लागे। प्रधानमन्त्रीले राज्यमन्त्रीलाई समेत राखेर बैठक गरेका कारण मन्त्रीहरू करिब डेढ घण्टा त्यहीँ अड्किए। शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले मात्रै पदभार ग्रहण गरेका छन्। 

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्ना पदभार गर्दै। पदभार पछि उनले निर्वाचन आयोगको ओएन्डएम पास गर्ने निर्णय गरेका छन्। 

मन्त्री ठगुन्नाले निर्वाचन आयोगको संगठन तथा व्यवस्थापन संरचना (ओएन्डएम) अघि बढाउने निर्णय सदर गर्दै पदभार ग्रहण गरेका छन्। राति १० बजे सचिव एकनारायण अर्यालसहितको टोली ठगुन्नालाई कुरेर बसेको थियो। सामान्यता नियुक्त भएकै दिन पदभार ग्रहण गर्ने प्रचलन रहेका कारण ठगुन्ना मन्त्रालय पुगे भने अरु मन्त्री गएनन्। 

सिंहदरबारका अधिकांश मन्त्रालयमा सन्नाटा छाएको थियो। सहरी विकास मन्त्री प्रभु साहलाई स्वागत गर्ने भन्दै एक कार्यकर्ता फूलको बुकी र माला लिएर कुरिरहेका थिए। तर मन्त्रालयको ढोकामा भने ताला लगाइएको थियो।

नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहलाई स्वागत गर्न फूलमाला लिएर मन्त्रालय पुगेका एक कार्यकर्ता कर्मचारी। तर मन्त्री शुक्रबार मन्त्रालय आएनन्।  

सहरी विकासबाट शिक्षामा सरुवा भएका कृष्णगोपाल श्रेष्ठले सचिव गोपीनाथ मैनालीलाई आइतबार मात्रै मन्त्रालय आउने जानकारी गराएका थिए। 

Ncell 2
Ncell 2

श्रम मन्त्रालय र खानेपानी मन्त्रालयमा घडा राखिएको थियो। श्रमका कर्मचारी ९ बजेसम्म मन्त्रालय बसे भने मन्त्रिपरिषदको बैठक सकिने टुंगो नभएपछि सचिव तोयम रायासहितको टोली घरतर्फ लाग्यो। सचिव रायासँगको संवादमा मन्त्री गौरीशंकर चौधरीले आफू मन्त्रालय आउन सक्ने बताएका थिए। तर अबेर भएपछि उनी घर लागे। 

मन्त्री आउन सक्ने भएपछि श्रम मन्त्रालयले पहिलो निर्णय के गर्ने भनेर विषय खोज्न थाल्यो। सचिव रायाले आफूले सदर गर्न लागेको फाइल मन्त्रीबाट निर्णय गराउने गरी अघि बढाए। 

खानेपानी मन्त्रालयमा घडा राखिएको भए पनि कर्मचारी थिएनन्। कृषि विकास मन्त्रालयमा सरुवा भएकी मन्त्री पद्माकुमारी अर्यालले आफू आइतबार मात्रै मन्त्रालय जाने खबर पठाएर मन्त्रिपरिषदको बैठकपछि क्वाटरतर्फ लागिन्।

सुनसान कृषि मन्त्रालय।

स्वास्थ्यबाट पर्यटनमा सरुवा भएका भानुभक्त ढकाल पनि आइतबार मात्रै मन्त्रालय जानेछन्।

उनको स्थानमा सामान्य प्रशासनबाट गएका हृदयेश त्रिपाठीले पनि आइतबार मात्रै मन्त्रालय जाने जानकारी गराएका छन्। 

युवा तथा खेलकुद मन्त्रालयले दावा लामालाई नयाँ मन्त्रीको रूपमा भित्र्याएको छ। शुक्रबार साँझमा भने मन्त्रालयमा च्यानल गेट लगाइएको थियो।

च्यानल गेट लगाइएको अवस्थामा युवा तथा खेलकुद मन्त्रालय।

सपथपछि मन्त्री लामा शितलनिवासबाट बालुवाटार लागे भने उनीसँगै सचिव रामप्रसाद थपलिया पनि उतै हिँडे। 'अब नयाँ मन्त्रीको पदभार आइतबार मात्रै हुन्छ,' सचिव थपलियाले भने। 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ । बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी ‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेक... बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ । बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्