काठमाडौं – नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।
पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् ।
देउवा र शेखर कोइरालाका समेतको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । समितिका एक सदस्यका अनुसार वार्ता टोलीका सदस्यहरूले विशेष महाधिवेशन पक्षधरहरूले राखेका मागबारे सभापति देउवालाई जानकारी गराउने छन् ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि बिहान तीन पक्षका नेताहरु संवादमा जुटेका थिए ।
वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुट्न कठिन भइरहेको संस्थापन पक्षको भनाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।