काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर, नेता डा. शेखर कोइरालाले पत्रकार सम्मेलनले विभाजनलाई बल पुर्याउने भन्दै यो अडान राख्ने नभई वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बेला भएकोले नआउने बताएपछि पत्रकार सम्मेलन नै स्थगित गरिएको स्रोतले बतायो ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।