काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले डडेलधुरामा सागर ढकाललाई पार्टीको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
डडेलधुराका पार्टी प्रतिनिधिहरूसँग राखेर उनले ढकाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन् ।
रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ ।
पार्टीभन्दा पहिले वरिष्ठ नेताले उम्मेदवार तोकेपछि ढकाल खुसीले गदगद बनेका छन् । यसअघि बालेनकै कोटाबाट उनी रास्वपा केन्द्रीय सदस्य बनिसकेका छन् ।
अघिल्लो पटक पनि लडेको हुँदा बालेनले सागर ढकाललाई डडेलधुरामा टुरिस्ट उम्मेदवार भन्न नमिल्ने तर्क गरे । यस पटक सरकार बनाउने सम्भावना बोकेको पार्टीको उम्मेदवार बनेको हुँदा स्वतः जित्ने बालेनको अपेक्षा छ ।
उनले ढकाललाई देखाउँदै भने, ‘उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन, रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्ने चाहिँ कन्फ्युजन हो । उहाँ फिक्स हो पार्टीको तर्फबाट, उहाँ आफैँले नाइँ नभनेसम्म । उहाँले भोलि डडेलधुराबाट उठ्दिन, अन्तै जान्छु भन्नु भएन भने उहाँ नै हो डडेलधुराको उम्मेदवार ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।