काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले विभाजनले पार्टीलाई ठूलो क्षति पुर्याएको प्रतिक्रिया जनाएका छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भण्डारीले अथक प्रयासका बाबजुद पार्टीलाई एकढिक्का बनाउन नसकिएको उल्लेख गरेका छन् ।
‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेका छन् ।
अहिले विभाजित अवस्थामा पुगेको कांग्रेस एक दिन मिल्नै पर्ने धारणा व्यक्त गरेका छन् ।
काठमाडौंमा चलिरहेको दोस्रो विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा अघि बढेपछि कांग्रेसको देउवा पक्षले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बसी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासनको निर्णय गरेको थियो ।
सो निर्णयपछि कांग्रेस विभाजित भएको छ । विशेष महाधिवेशन पक्षधरले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।