काठमाडौं– सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ ल्याएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो मार्गदर्शन स्वीकृत गरेको हो।
अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्शन ल्याइएको सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बाँस्कोटाले बताए।
मन्त्रिपरिषद बैठकले मंगलबार धनुषा, महोत्तरी, सिराहालगायत तराईका जिल्लाहरुमा हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई १÷१ लाख रुपैयाँ दिने पनि निर्णय गरेको छ। पीडितहरुलाई आवासको व्यवस्थापनका लागि दुई बन्डल जस्तापाता दिने निर्णय पनि भएको छ।
बैठकले गत वर्षको आएको बाढी, पहिरो र केही दिनअघि परेको असिनाबाट प्रभावितहरुलाई पनि राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ। विपद् व्यवस्थापन कोषलाई प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ निकासा गरी राहत दिन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।