काठमाडौं– एकै ठाउँ र समयमा आयोजना गरिएको नेपाल विद्यार्थी संघको फरक-फरक कार्यक्रम स्थगित गरिएको छ। सुन्दरीजलस्थित बिपी संग्रहालयभित्र नेविसंघ सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेले बुधबारका लागि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए।
नेविसंघका दुवै पक्षलाई संयुक्त रूपमा कार्यक्रम गर्न नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए। तर, सहमति जुट्न नसकेपछि कार्यक्रम नै स्थगित हुन पुगेको थियो।
समूहको विवाद मिलाउन महर र काफ्लेलाई वार्ताका लागि सभापति देउवाले आफ्नो निवासमा बोलाएका थिए।
संस्थापन समूहले प्रशिक्षण कार्यक्रम राखेको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थीले ‘१२औं महाअधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा छलफल तथा अन्तर्क्रिया’ कार्यक्रम राखेको थियो।
एक दिनका लागि राखिएको प्रशिक्षणमा सभापति देउवा निकटका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम थियो।
महर समूहको कार्यक्रमलाई सभापति देउवा र काफ्ले समूहको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललाई मुख्य अतिथि बनाइएको थियो।
यो पनि पढ्नुहोस्- कांग्रेस : मातृ पार्टीको विवाद भातृ संगठनमा, एकै ठाउँ र समयमा दुई कार्यक्रम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।