• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के प्रधानमन्त्री मोदीले कर्नाटकको अन्तिम चुनाव प्रचार नेपालबाट गर्दैछन्?

64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  ०७:२७
1140x725

-अनिल चमडिया
वरिष्ठ पत्रकार, बिबिसी हिंदी

११ मे जतिबेला कर्नाटकमा मतदानको अन्तिम तयारी भइरहेको हुनेछ उक्त समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो क्षेत्रका जनतालाई लक्षित गरेर नेपालको एक हिन्दु मन्दिर(जानकी मन्दिर)बाट सम्बोधन गरिरहेका हुनेछन्। सो सम्बोधनको भारतीय मिडियाहरुले प्रत्यक्ष प्रशारण गर्ने बताइएको छ।

भारतीय प्रमुख सञ्चारमाध्यमहरुले यसपटकको नेपाल भ्रमणसँगै जोडिएको जनकपुरधामको यात्रा प्रधानमन्त्री मोदीको चुनाव प्रचारको रणनीति भएको चर्चा गरिरहेका छन्।

प्रधानमन्त्री मोदीको भारतसँग आध्यात्मिक साइनो जोडिएको जानकी मन्दिर दर्शन गर्दै जनकपुरमा सम्बोधन तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ। यसअघि नै नेपालका गृहमन्त्री रामबहादुर थापाले यो स्पष्ट पारेका छन् कि उनी विशुद्ध धार्मिक र सांस्कृतिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

भारतको निर्वाचन आयोगले देशको कुनै पनि स्थानमा निर्वाचनको २ दिन पहिला चुनावी प्रचारमा प्रतिबन्ध लगाएको छ। तर निर्वाचनको शून्य समयमा पनि मोदीले भने सिमाना जोडिएको देशबाट आफ्ना जनतासँग मत माग्नसक्ने बताइएको छ। आयोगको यो नियमले अन्य पार्टीको चुनावी अवस्थामा फरक पार्ने देखिएता पनि मोदीलाई भने फाइदा पुग्ने देखिन्छ।

तर भारतीय जनता पार्टी(भाजपा)ले चुनाव आयोगको यो प्रावधानलाई निष्प्रभावी बनाउनका लागि आफ्नै एक अलग्गै चुनाव प्रचार मण्डल समेत बनाएको छ। २०१४ मा सम्पन्न आम निर्वाचन तथा अन्य चुनावहरुमा पनि भाजपाले यो रणनीतिलाई अख्तियार गर्दै आएको छ।

मतदान पहिला प्रधानमन्त्रीको भाषण

७ अप्रिल २०१४ मा आसाम र त्रिपुरामा ६ स्थानका लागि भएको लोकसभा निर्वाचनमा मतदान सुरु भइसकेको थियो। तर सोही समयमा टेलिभिजन च्यानलहरुमा भने भाजपाको घोषणा–पत्र जारी गर्ने समारोहको प्रत्यक्ष प्रसारण गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

साथै टिभीहरुले भने आचारसंहिताविपरित ब्रेकिङ समाचारको नाममा भाजपाका समाचारहरु देखाइ रहेका थिए। मुरली मनोहर जोशीले घोषणा–पत्रमा उल्लेखित उत्तर–पूर्वी राज्यहरुको बारेमा आफ्नो पार्टीका नारा र योजनाहरु सुनाए।

१० अप्रिल २०१४ को दिल्लीको ७ संसदीय सिटका लागि मतदाताले भोट दिइरहेका थिए तर उक्त समयमा पनि प्रधानमन्त्री माेदीले सम्बोधन गरेका थिए।

Xtrem

Xtrem

मतदातालाई प्रभाव पार्ने भाजपाकाे अनेक दाउ

तत्कालीन समयमा जनसत्ताका एक रिर्पोटरले लेखेका थिए, ‘दिल्लीमा भाजपाले निर्वाचन आयोगको नियम उल्लंघन मात्र गरेन, धेरै निर्वाचन केन्द्रहरुमा मतदाताको सहयोग गर्ने नाममा टेबल र कुर्सी लगाएर कार्यकर्ताले पत्रिका पढेर मतदातालाई प्रभावित पारे।’ मतदान स्थलका अगाडी भाजपाका कार्यकर्ताहरु पार्टीको चुनाव चिन्ह ‘कमल’ अंकित पत्रिका लिएर बसेको देखिन्थ्यो। निर्वाचन आयोगले चुनाव चिह्न मतदान क्षेत्रमा प्रर्दशन गर्न प्रतिवन्ध लगाएपछि उनीहरुले पत्रिकाको प्रचार देखाउने कार्य गरेका थिए।

समाचारमा लेखिएको छ, ‘अघिल्लो दिन दिल्लीबाट निस्कने पत्रिकाहरुमा ‘मोदिमय र कमलमय’ विज्ञापन छापिएको थियो। समाचारको पहिलो पृष्ठमा विज्ञापन दिनुको अर्थ पनि चुनाव प्रचारको अन्तिम दिन मतदातालाई थप प्रभावित पार्नु नै थियो।’ टोपी, व्यानरमा रोक लागेपनि पत्रिका पढ्न भने रोक लगाउन सक्ने अवस्था नदेखेपछि भाजपाले यस्तो रणनीति लिएको थियो।

भारतभर निर्वाचन भइरहेका ९२ संसदीय क्षेत्रमा उनीहरुले कार्यकर्ता खटाउँदै यस्तो प्रचार गरेका थिए।

निर्वाचन अघि लगातार विज्ञापन

निर्वाचन मुखमै आएपछि लगातार पत्रिकाका पेजहरु विज्ञापनले भर्ने भाजपाको पुरानो रणनीति हो। यो रणनीति हरेक निर्वाचनमा अवलम्वन हुँदै आएको छ। ४ मे २०१८ मा यस्तो कार्य निर्वाचन आचारसंहिताले तोकेको सीमाबाहिर जान थालेपछि निर्वाचन आयोगले बाध्य हुँदै उक्त कार्यमा रोक लगाएको थियो।

आयोगले यस्तो विज्ञापन निर्वाचन आचारसंहितालाई ख्याल गरेर मात्र संचारमाध्यम तथा छापाहरुमा दिन राजनीतिक पार्टीका अध्यक्षहरुलाई भनेको थियो।

यस्तो कार्यले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने कार्यमा असर पर्ने भन्दै निर्वाचन आयोगले रोक लगाएको हो।

फरक प्रचार शैलीमा नेपाल भ्रमण

कर्नाटक राज्यमा भाजपाले हिन्दुत्वको विषयलाई चुनावी एजेन्डा बनाउँदै आक्रमक प्रचार गरेको आरोप लाग्दै आएको छ। त्यही रणनीति अनुसार हिन्दु धर्मको प्रचार नेपालबाट पनि गर्न खोजेको देखिन्छ। २०१७ को मार्च ८ मा उत्तर प्रदेश विधानसभाको चुनाव चलिरहेको अन्तिम समयमा पनि मोदी गुजरातको सोमनाथ मन्दिर दर्शनका लागि पुगेका थिए।

प्रधानमन्त्री मोदी किन निर्वाचनको मुखमा मन्दिर पुगे भन्ने अलग्गै अनुसन्धानको विषय हुनसक्ने आंकलन गरिएको छ। यसलाई पनि मतदानको समयमा मतदातालाई प्रभावित गर्नका लागि भाजपाले बनाउने विभिन्न रणनीतिमध्ये एकको रुपमा हेरिएको छ।

१७ अप्रिल २०१४ को लोकसभा निर्वाचनको एक घटनालाई यसको उदाहारणको रुपमा लिन सकिन्छ। १ सय २२ स्थानका लागि तय भएको लोकसभा निर्वाचनको ठिक २ दिन अगाडि एक प्रतिष्ठित टेलिभिजन च्यानलले एक विचारात्मक पोलको नजिता सार्वजनिक गर्यो। त्यसको दोस्रो दिन भारतका अधिकांश पत्रिकाले उक्त पोलको नतिजालाई 1को रुपमा प्रचार गरे।

समाचारमा पहिलो पटक ‘विचारात्मक सर्वेक्षणमा भाजपा नेतृत्वको गठबन्धन ‘एनडीए’मा बहुमत दिइएको’ भनियो। यी समाचारहरु भाजपालाई सहयोग पुग्ने रुपमा प्रचार भएको स्पष्ट देख्न सकिन्थ्यो।

यहि रुपमा नेपाल भ्रमणलाई पनि निर्वाचन प्रचारको एक सफल रणनीति बनाउने दाउमा भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छैनन् भन्न सकिँदैन।

(अनुवाद : दुर्गा दुलाल)

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्