काठमाडौं– नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ(नेबिसंघ) भित्रको विवादका कारण दुई समूहले आयोजना गरेका कार्यक्रम सञ्चालन हुन सकेको छैन।
नेबिसंघ सभापति नैन सिंह महरको समुहले प्रशिक्षण कार्यक्रम राखेको छ भने महामन्त्री कुन्दन काफ्लेको नेतृत्वको समुहले छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको छ। सुन्दरीजल स्थित बिपी संग्रहालयमा आयोजना गरिएको कार्यक्रम बिहान ८ बजेको लागि बोलाइएको थियो।
दुवै समुहले आयोजना गरेको कार्यक्रममा केन्द्रीय नेताहरु अहिले सम्म आइपुगेका छैनन्। प्रशिक्षण कार्यक्रममा लागि आएका विद्यार्थी हरु भित्री हलमा प्रवेश गरेका छन् भने संग्रहालय परिसरमा बनाइएको मञ्च वरपर काफ्ले समुहका विद्यार्थीहरुले नारावाजी गरेका छन्। दुई पक्षको कार्यक्रमममा हुनसक्ने संभावित झडपलाई मध्यनजर गरि सुरक्षाकर्मी को संख्या बढाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।