• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

आप्रवासी नेपाली श्रमिक : ओभरटाइम काम, तर पाउँदैनन् पारिश्रमिक

64x64
निर्मला घिमिरे बिहीबार, पुस २, २०७७  ०६:४६
1140x725

काठमाडौं– घरेलु कामका लागि भारत हुँदै कुवेत गएकी बिमला अधिकारीले विदेश त्यस्तो होला भनेर कहिले कल्पनासमेत गरेकी थिइनन् । कुवेत पुगेपछि जे–जे भोगिन् त्यसपछि मात्रै परदेशीको वास्तविकता उनलाई थाहा भयो। 

रात दिन नभनि काममा खट्दा पनि रोजगारदाताले हेप्ने, हप्काउने र पिट्ने सम्मका हर्कत गर्थे। घरमालिकले पारिश्रमिक पनि नदिँदा उनले निकै दर्दनाक अबस्था भोग्नु पर्‍याे। 

‘६ जनाको परिवार थियो। त्यो परिवारको कपडा धुने, सरसफाइ गर्नेलगायत सबै कुरा गर्नु पर्थ्याे। बिहानदेखि रातिको २ बजेसम्म काममा खट्दा पनि बासीभात खान दिने, त्यो पनि २४ घण्टामा १ पटक मात्रै,’ कुवेतबाट फर्किएकी बिमला अधिकारीले सुनाइन् । 

नुनसँग भए पनि खाना खान हारगुहार गर्दा उनको कुरा घरमालिकले कहिल्यै सुनेनन् । नत पारिश्रमिक नै दिए। 

‘घर फर्किन्छुभन्दा पनि नदिने, घरमा फोन गर्न पनि नपाउने। घरमालिकको छेउमा बसेर मात्रै बोल्न पाइन्थ्यो,’ बुधबार पौरखी नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत् बिमलाले गुनासो गरिन् । 

अर्का दोलखाका सुशील खड्काको पीडा पनि उस्तै छ। कोरोनाका कारण रोजगारीका लागि कतार गएका खड्काले गएको केही समयपछि नै रोजगारी गुमाए। दुई वर्षको करार अवधिका लागि श्रम स्वीकृति लिएर गएको भए पनि त्यो अवधिसम्म काम पाएनन् । काम गरेको अवधिकोसमेत पैसा नदिई कम्पनीले उनलाई घर फिर्ता जान भन्यो । 

‘कम्पनीले काम दिएन । कम्पनीले ७ महिनाको पारिश्रमिक नदिएपछि साथीहरुसँग पैसा सापटी मागेर स्वदेश फर्किएँ,’ उनले सुनाए ।
पैसा कमाउने सपना बोकेर म्यानपावरलाई १ लाख ३० हजार बुझाएर विदेशिएका उनले म्यानपावरमा बुझाएको जति रकम जति पनि कमाई नगरी स्वदेश फर्किए 

दोलखाका तेन्जिङ थामी पनि १० महिनामा स्वदेश फर्किए। म्यानपावरलाई डेढ लाख पैसा तिरेर गएका उनले कम्पनीबाट पारिश्रमिक समेत पाएनन् । स्वदेश फर्किएर म्यानपावरविरुद्ध उजुरी गरे पनि उनले आफूले बुझाएको पैसा फिर्ता पाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सिन्धुपाल्चोककी मनमाया तामाङलाई आफू कुन देश जाँदैछु भन्ने पनि थाहा थिएन। एजेन्टहरुले उनलाई इजिप्ट पठाउने सुनाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जाने भनेर भिजिटभिसामार्फत् उनलाई छिराईयो। रोजगारदातासम्म पुगेपछि हामीले ११ हजार डलर तिरेर किनेको भन्दै रोजगारदाताले ओभरटाइम काम लगाए तर पारिश्रमिक दिएनन्। जति काम गरे पनि पारिश्रमिक नपाएपछि उनी त्यहाँबाट भागेर दूतावाससम्म पुगिन् र सहयोगमा स्वदेश फर्किइन्। 

बिमला, मनमाया, तेन्जिङजस्ता रोजगारीको खोजीमा विदेशिएका अधिकांश नेपाली श्रमिकहरु आधारभूत हकअधिकारबाटै बञ्चित रहेर काम गर्नुपर्ने अवस्था रहेको पाइएको छ। उनीहरुलाई रोजगारदाताले ओभरटाइम काम लगाउने तर पारिश्रमिक नदिने गरेको पाइएको छ। म्यानपावरलाई चर्को रकम बुझाएर विदेशीएका उनीहरु विदेश जाँदा लागेको ऋण तिर्न समेत जर्बजस्ती श्रम गर्न बाध्य रहेको पाइएको छ। 

आप्रवासी नेपालीहरुको चरम श्रम शोषण : विज्ञ
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा बुधबार आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै विज्ञहरुले समेत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु आधारभूत हकअधिकारबाट वञ्चित रहेको बताएका छन्। त्यसमा पनि नेपालबाट रोजगारीको खोजीमा विदेशिने महिला श्रमिकहरु निकै ठूलो समस्यामा परेको महिला अधिकारकर्मी मन्जु गुरुङले बताइन्। 

‘कामदारहरु खास गरी अवैध बाटो र प्रकृयामार्फत् जाँदा उनीहरुको वैदेशिक रोजगार बोर्ड र विभागमा अभिलेख पनि हुँदैन। उनीहरु विदेश जाँदा बुझाएको पैसाको प्रमाण पनि हुँदैन। आइएलकोको आधारभूत मापदण्डबाट पनि नेपाली श्रमिकहरु बञ्चित छन्,’ महिला अधिकारकमी गुरुङले भनिन् । 

श्रम तथा आप्रवासी विज्ञ रामेश्वर नेपालले आप्रवासी नेपाली श्रमिकहरु जबर्जस्ती श्रम गर्न बाध्य रहेको बताए। बुधबार आप्रवासी श्रमिकका विषयमा आयोजित कार्यक्रममा बोल्दै विज्ञ नेपालले नेपाली कामदारहरुको चरम श्रम शोषण भएको बताए।

‘विदेशमा श्रम तथा आर्थिक शोषणमा परेर फर्किएका नेपाली श्रमिकहरुले वैदेशिक रोजगार विभागमा उजुरी गर्दा पनि १५ वर्षसम्म पनि उजुरी फरफारक नभएको अवस्था छ। न्यायमा निकै चुनौती छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) की प्रतिनिधि नेहा चौधरीले पनि आप्रवासी नेपाली श्रमिकहरु न्यायको पहुँचमा पुग्न नसकेको उल्लेख गरिन् । आप्रवासी नेपाली श्रमिकहरुको हकअधिकार सुनिश्चितताका लागि सबै सरोकारवालाहरु मिलेर अगाडि बढ्नुपर्ने उनको जोड छ ।

कानुनी उपचारका लागि आउनुस्ः महानिर्देशक विभाग 
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडितहरुलाई कानुनी उपचारका लागि विभागसम्म आउन आग्रह गरेका छन् । बोलेर मात्रै समस्या समाधान नहुने वा समस्या देखाएर मात्रै नहुने भन्दै कानुनी उपचारका लागि विभागमा आउन आग्रह गरेका हुन् । 

विदेशमा अप्ठ्यारो परेर फर्किएका श्रमिकहरुको गुनासो सुनेपछि उनले प्रतिप्रश्न गरे, ‘तपाइँहरु उजुरी लिएर विभागसम्म किन आउनु हुन्न ?’ 

विदेशमा करिब ६० लाख नेपालीहरु रहेको भन्दै सबैलाई सुरक्षित तथा व्यवस्थित रुपमा रहेर काम गर्नसमेत महानिर्देशक दाहालले सुझाए। 

‘अहिले वैदेशिक रोजगारीमा जान रोकने भन्दा पनि यसलाई व्यवस्थित गर्ने बेला हो। तर कुन देशमा जाँदैछु। के कामका लागि जाँदैछु भन्ने सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारीमा जानु होला,’ उनले भने । 

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्