काठमाडौं -नेपाल प्रहरीका २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठक बढुवा सिफारिस गरेको हो।
एसएसपीमा २३ पद रिक्त भएपनि ४ वर्ष पुगेका एसपीहरु २२ जना मात्र भएपछि रिक्तभन्दा थोरै बढुवा सिफारिस गरिएको हो। एसएसपी बढुवाका लागि एसपी भएको ४ वर्ष हुनुपर्ने प्रावधान छ।
पहिलो नम्बरमा राजेन्द्र ढकाल तथा दोस्रो नम्बरमा सहकुल थापाको बढुवा भएको छ।
त्यस्तै अरुण बिसी, प्रकाश अधिकारी, सुशिल कुमार यादब, मुकुन्दराज आचार्य, शरद खत्री, हरिराज वाग्ले र दिलिप बस्नेतको बढुवा सिफारिस भएको छ।
त्यस्तै पूजा सिंह विभूतीराज पाण्डे, बिक्रम बहादुर चन्द, भोजजंग शाह, नल प्रसाद उपाध्याय, देब बहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउन आलम खाँ, किशोर कुमार दाहाल, शेखर कोइराल र प्रदीप कुमार श्रेष्ठ एसएसपी बढुवामा सिफारिस भएका हुन्। बढुवा सिफारिस उपर उजुरी गर्न एक साताको समय दिइएको छ।
सोमबार मात्र १६ एसएसपीलाई डिआईजी बढुवामा सिफारिस गरिएको थियो। एसपी र डिएसपी बढुवामा पनि तयारी भइरहेको मुख्यालयका एक प्रहरी अधिकारीले बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।