काठमाडौं, २५ बैशाख।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले मंगलबार काठमाडौंमा २ स्थानमा छापा हानी भिओआईपी कारोबारीलाई पक्राउ गरेको छ।
अन्तराष्ट्रिय गिरोहसँग मिलेर कल बाइपासको अवैध धन्दा चलाएको आरोपमा एयरपोर्टगेटस्थित स्टार गेज होटल र मनहराको शान्तिदीप टोलमा रहेको भोलाराज गौतमको घरमा छापा हानी दुई जनालाई पक्राउ गरेको हो।
स्टार गेज होटलको ३०४ नम्बर कोठा भाडामा लिएर अवैध भिओआईपी धन्दा चलाउदै आइएको थियो। सिआईबीले ती ठाउँमा कल बाइपास गर्ने भारतीय नागरिक विवेक शुक्ला र सिन्धुलीका लालबहादुर मगरातीलाई प्रहरीले पक्राउ गरेको हो। दुवै ठाउँबाट कलबाइपासमा प्रयोग हुने विभिन्न सामानहरु बरामद गरेको छ।
अभियुक्त मगराती २०७१ सालमा पनि कल बाइपास अपराधमा पक्राउ परी डेढ वर्ष जेल परेर छुटेका व्यक्ति हुन्। झा पछिल्लो समय बर्दिया क्षेत्रमा कल बाइपासमा सक्रिय भएका थिए।
हालसम्म सिआईबीले कल बाइपासविरुद्ध एक सय २ वटा अप्रेसन चलाई एक सय ५८ जनालाई पक्राउ गरिसकेको छ। जसमा ३२ जना विदेशी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।