• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२ Mon, May 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रदेश ५ का सांसदलाई  सेवा–सुविधाको चिन्ता, भने– थोरै दिनुभन्दा केही नदिए हुन्छ !
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०७५  २३:१५
1140x725

बुटवल– गत वर्षको माघ २१ गतेबाट सुरु भएको प्रदेशसभा ५ को हिउँदे अधिवेशन २२औं बैठक बस्दै मंगलबार अन्त्य भएको छ।

हिउँदे अधिवेशनको अन्तिम बैठकले प्रदेश ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रियाबारे व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गर्‍यो।  यस्तै, प्रदेशसभा सदस्य तथा पधाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक सैद्धान्तिक छलफलपछि दफाबार छलफल तथा संशोधनका लागि विधायन समितिमा पठाइएको छ। 

विधायन समितिको तर्फबाट स्थानीय तहका सदस्य तथा पदाधिकारीको सेवा–सुविधाबारे बनेको विधेयक संशोधनको प्रतिवेदन प्रस्तुत गरिएको थियो। जसमा यसअघि सुविधा नराखिएको स्थानीय तहका वडा सदस्यहरुलाई समेत मासिक ७ हजार सुविधा दिन प्रस्ताव गरिएको छ। गाउँपालिकाका उपाध्यक्षको मासिक सुविधा २५ हजारबाट बढाएर २७ हजार पुर्‍याउन र उप–महानगरपालिकाका वडा अध्यक्षको मासिक सुविधा ३० बाट घटाएर २६ हजार बनाउन प्रस्ताव गरेको थियो।

अधिवेशनले सभामुख उपसभामुख र ४ वटा संसदीय समिति चयन गरेको छ। चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत सर्वसम्मतिले पारित गरेको छ। यस्तै, कानुन निर्माणका लागि ८ वटा विधेयक प्रदेशसभामा पेश भएका थिए। त्यसमध्ये ५ वटा पारित भएका छन्।

माननीयको माग- सुविधा अपुग भयो, मर्यादाक्रम मिलेन

मंगलबार बैठकमा बोल्दै प्रदेश नम्बर ५ का सांसदहरुले आफ्नो सेवा–सुविधाको मात्रै माग र चर्चा गरे। पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको उनीहरुको गुनासो थियो।

बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधाबारे व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै उनीहरुले मर्यादाक्रमका आधारमा सेवा–सुविधा आउनुपर्नेमा जोड दिए।

माओवादी केन्द्रका सांसद तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यका लागि आएको पारिश्रमिक सेवा–सुविधा विभेदपूर्ण भएको बताए। उनले बैठक भत्ता ७ सय ५०, फर्निचर १५ हजार, गाडी भाडा बापत ५ सय र घरभाडा वापतको १५ हजार निकै कम र अव्यावहारिक भएको टिप्पणी गरे। उनले थोरै दिनुभन्दा बरु नदिन आग्रह गरे।

Ncell 2
Ncell 2

प्रदेशसभा सदस्य रामजी घिमिरेले प्रदेशसभा सदस्यको स्वकीय सचिवको विषय साझा माग भएको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्यपछि प्रदेशसभा सदस्यको मर्यादाक्रम हुनुपर्ने बताए। अर्का सदस्य रमा अर्यालले प्रदेशसभा सदस्यको मर्यादाक्रम नमिलेको उल्लेख गर्दै कर्मचारीले सरकार चलाउने नभएको बताइन्। 

अर्का सदस्य उत्तरकुमार ओलीले जनताप्रति उत्तरदायी भई काम गर्न पारिश्रमिक तथा सुविधा अपुग भएको टिप्पणी गरे। सांसद अष्टभुजा पाठकले मर्यादाक्रमका आधारमा सुविधा नआएको आरोप लगाउँदै छलफल गरेर मात्रै विधेयकलाई अगाडि बढाउन अनुरोध गरे।

इन्द्रजीत थारुले मन्त्रीले मात्रै चाडपर्वमा थप सुविधा लिने कुरा गणतान्त्रिक संस्कृति अनुसार नमिल्ने र अशोभनीय हुने बताए। अर्का सांसद विजय यादवले सरकारले आफूहरुलाई निजी सचिव, गाडी  र १ जना ड्राइभर दिनुपर्ने बताए। 

त्यसो गर्न नसके गाडी हामी आफैं किन्छौं सबै माननीयलाई भन्सार छुट गर्नुपर्‍यो’ उनले सुनाए।

माननीयलाई यसरी थुम्थुम्याए मुख्यमन्त्रीले

प्रदेश ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधाबारे व्यवस्था गर्न बनेको विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले मर्यादाक्रम सच्याउने विषयमा पहल गर्ने बताए। उनले प्रदेश सरकार बलियो भएपछि माननीयहरुका सेवा–सुविधा थप्दै जाने आश्वासन दिए।

‘तपाईंहरुको मागमा मेरो विमति छैन, तर हामीले धेरै सुेवा–सुविधा लिएर अन्य प्रदेशलाई के सन्देश दिने?’ उनले प्रतिप्रश्न गरे।

मुख्यमन्त्री पोखरेलले जनताको मनोभावना पनि बुझ्नुपर्ने बताए। उनले प्रदेश मन्त्रीलाई समेत भनेजस्तो सवारीसाधन उपलब्ध गराउन नसेकेको जानकारी गराए।

प्रदेशसभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  २३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
सेयर धितो कर्जाको जोखिम भार घट्यो
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
सम्बन्धित सामग्री
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो। उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा... आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता पोखरामा जारी दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि थेबेले समर्थकहरुको नाराजुलुससहित अध्यक्षमा आइतबार मनोनय... आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। आइतबार, जेठ ११, २०८२
ताजा समाचारसबै
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ आइतबार, जेठ ११, २०८२
सेयर धितो कर्जाको जोखिम भार घट्यो आइतबार, जेठ ११, २०८२
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय आइतबार, जेठ ११, २०८२
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्