• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

भिजिट भिसा : अनिवार्य होइन अंग्रेजी भाषा

भिजिट भिसामा कडाइ गर्ने सरकारकाे तयारी
64x64
निर्मला घिमिरे बिहीबार, मंसिर २५, २०७७  ०७:१५
1140x725

काठमाडौं- भिजिट भिसाको आवरणमा मानव तस्करीका घटना बढ्दै गएपछि सरकारले कडाइ गर्ने तयारी थालेको छ। भिजिट भिसा बनाएर मानव तस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै नेपाली युवा ओसार्ने र अलपत्र पार्ने क्रम बढेसँगै सरकारले कडाइको तयारी थालेको हो।

भिजिट भिसामा विदेश लैजाने भनेर मानव तस्करी र ठगी हुन थालेपछि कडाइको तयारी थालिएको अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। 

‘भिजिट भिसामा कडाइ गर्ने सम्बन्धमा अध्यागमन कार्यविधि संशोधनका लागि छलफल प्रक्रिया अगाडि बढेको छ। भिजिट भिसामा घुम्न जानेहरुलाई लक्षित गर्दै कार्यविधि संशोधन गर्ने गृहकार्य गरिरहेका छौँ,’ निर्देशक तिवारीले नेपाल लाइभसँग भने। 

शैक्षिक योग्यता र अंग्रेजी भाषा अनिवार्य होइन
अध्यागमन कार्यविधि संशोधनका क्रममा एसएलसी/एसइईसम्मको शैक्षिक योग्यता तथा अंग्रेजी भाषालाई अनिवार्य गरिएको भन्दै समाचार बाहिरिइरहेका छन्। तर यस्ता कुरामा सत्यता नभएको विभागले प्रस्ट्याएको छ। भिजिट भिसामा जान शैक्षिक योग्यता तथा अंग्रेजी भाषाको व्यवस्थाबारे कुनै छलफल नै नभएको विभागले जानकारी दिएको छ।

‘शैक्षिक योग्यता नभएकै कारण र भाषा नजानेकै कारण घुम्न जानै नपाउने भन्ने हुँदैन। हामीले त्यस्तो व्यवस्था गर्न लाग्यौँ भनेर कहीँकतै भनेका पनि छैनौँ। भिजिट भिसामा विदेश जान अंग्रेजी जान्नैपर्ने भनी आएका विषयमा सत्यता छैन,’ निर्देशक रामचन्द्र तिवारीले नेपाल लाइभसँग भने, 'भिजिट भिसामा बिमा अनिवार्य गर्ने विषयमा चाँहि छलफल भएको छ।'

राम चन्द्र तिवारी
रामचन्द्र तिवारी, अध्यागमन विभाग निर्देशक 

केही सञ्चारमाध्यमहरुमा समेत भिजिट भिसाका लागि शैक्षिक योग्यता र अंग्रेजी भाषा अनिवार्य भन्ने विषय उठेपछि यसमा निकै टिकाटिप्पणी हुन थालेको छ। पैसा भएर घुम्न चाहने व्यक्तिले अंग्रेजी भाषा नजाने विदेश जान नपाउने व्यवस्था व्यवहारिक नभएको टिकाटिप्पणी भइरहेको छ। 

बिमा अनिवार्य 
भिजिट भिसामा विदेश जानेहरूले बिमा भने अनिवार्य गर्नुपर्ने प्रावधान ल्याउने तयारी गरिएको निर्देशक तिवारी बताउँछन्। उनका अनुसार भिजिट भिसामा विदेश गएको अवस्थामा आइपर्ने अप्ठ्यारो परिस्थितिलाई मध्यनजर राखेर बिमाको व्यवस्था गर्न लागिएको हो। भिजिट भिसामा कडाइ  गर्न ल्याइने धेरै व्यवस्थाका विषय छलफलकै क्रममा रहेको उनले बताए। 

‘भिजिट भिसामा जाने भनेको त रमाइलोका लागि घुम्न जाने हो। बिमा गर्न सक्ने आर्थिक हैसियत नभएका व्यक्ति घुम्न जान कसरी सक्छन्,’ उनले प्रतिप्रश्न गरे। भिजिट भिसामा बिमा अनिवार्य गर्न लागिएको बताए पनि उनले बीमांक रकमको भने टुंगो भने लागिनसकेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यो विषयमा छलफल भइरहेको छ। निर्णय नै नभई १५ लाख वा २० लाखको भन्न त मिलेन नि! बिमांक रकमका विषयमा थप छलफलपछि मात्र हामी निर्णयमा पुग्छौँ,’ सूचना अधिकारी तिवारीले भने।

हाल भिजिट भिसामा विदेश जाने व्यक्तिले राहदानी तथा भिसासहित कम्तीमा १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने व्यवस्था छ। त्यसैगरी विदेशमा घुम्ने तथा बस्ने र फर्कने व्यवस्थासमेत मिलाएको हुनुपर्ने व्यवस्था छ। अब यो व्यवस्थामाथि हेरफेर गरी बिमासँगै अन्य प्रावधान समेत राख्ने गरी छलफल अगाडि बढाइएको निर्देशकसमेत रहेका तिवारीले बताए। 

भिजिट भिसाको आवरणमा मानव तस्करी
केही समय अगाडिदेखि नै भिजिट भिसाको आवरणमा मानव तस्करीका घटनाहरु भइरहेका छन्। कोरोना महामारीपछि झनै यस्ता घटनाहरु बढ्न थालेका छन्।

रोजगारीको प्रलोभनमा पारेर युवाहरुलाई भिजिट भिसामा विदेश पुर्‍याई अलपत्र पार्ने प्रवृत्ति बढ्दै गएको छ। भिजिट भिसामा विदेश पुर्‍याएका व्यक्तिहरु समस्यामा परेपछि उद्धार तथा राहतका लागि समेत कठिनाई भएकाले यसको व्यवस्थामाथि कडाइ गर्न लागिएको हो। 

‘खासगरी कामदार भिसामा जाने व्यक्तिहरुलाई दलाल तथा म्यानपावरहरुले अलपत्र पार्ने क्रम बढेको छ। यसरी भिजिट भिसामा विदेश पुर्‍याएका व्यक्तिहरु विदेशमा अलपत्र परेपछि उद्धार तथा न्याय दिलाउन पनि कठिनाइ छ। जसले गर्दा यसमाथि थप कडाइ गर्न सकिन्छ कि भनेर सामान्य छलफल अगाडि बढाइएको छ,’ तिवारीले भने।

मलेसिया लगायत खाडी मुलुककासाथै युरोप, अफ्रिकालगायत मुलुकमा समेत पछिल्लो समय नेपालीहरु भिजिट भिसामा जाने क्रम बढ्दो छ। भिजिट भिसामा गएकाहरु अधिकांश गन्तव्य मुलुकहरुमा लुकिछिपी अवैध रुपमा रोजगारीमा संलग्न रहेको विभिन्न अध्ययनले देखाएको छ।

खाडीलगायत मुलुकहरुमा भिजिट भिसामा गएर काम गर्ने महिलाहरुको संख्या बढ्दै गएको छ। भिजिट भिसामा गएर रोजगारीमा संलग्न रहेका युवाहरुको यकिन तथ्यांक नभए पनि झन्डै श्रम स्वीकृति लिएर गएका युवाहरुको हाराहारीमा हुन सक्ने आँकलन गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्