• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

भिजिट भिसा : अनिवार्य होइन अंग्रेजी भाषा

भिजिट भिसामा कडाइ गर्ने सरकारकाे तयारी
64x64
निर्मला घिमिरे बिहीबार, मंसिर २५, २०७७  ०७:१५
1140x725

काठमाडौं- भिजिट भिसाको आवरणमा मानव तस्करीका घटना बढ्दै गएपछि सरकारले कडाइ गर्ने तयारी थालेको छ। भिजिट भिसा बनाएर मानव तस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै नेपाली युवा ओसार्ने र अलपत्र पार्ने क्रम बढेसँगै सरकारले कडाइको तयारी थालेको हो।

भिजिट भिसामा विदेश लैजाने भनेर मानव तस्करी र ठगी हुन थालेपछि कडाइको तयारी थालिएको अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। 

‘भिजिट भिसामा कडाइ गर्ने सम्बन्धमा अध्यागमन कार्यविधि संशोधनका लागि छलफल प्रक्रिया अगाडि बढेको छ। भिजिट भिसामा घुम्न जानेहरुलाई लक्षित गर्दै कार्यविधि संशोधन गर्ने गृहकार्य गरिरहेका छौँ,’ निर्देशक तिवारीले नेपाल लाइभसँग भने। 

शैक्षिक योग्यता र अंग्रेजी भाषा अनिवार्य होइन
अध्यागमन कार्यविधि संशोधनका क्रममा एसएलसी/एसइईसम्मको शैक्षिक योग्यता तथा अंग्रेजी भाषालाई अनिवार्य गरिएको भन्दै समाचार बाहिरिइरहेका छन्। तर यस्ता कुरामा सत्यता नभएको विभागले प्रस्ट्याएको छ। भिजिट भिसामा जान शैक्षिक योग्यता तथा अंग्रेजी भाषाको व्यवस्थाबारे कुनै छलफल नै नभएको विभागले जानकारी दिएको छ।

‘शैक्षिक योग्यता नभएकै कारण र भाषा नजानेकै कारण घुम्न जानै नपाउने भन्ने हुँदैन। हामीले त्यस्तो व्यवस्था गर्न लाग्यौँ भनेर कहीँकतै भनेका पनि छैनौँ। भिजिट भिसामा विदेश जान अंग्रेजी जान्नैपर्ने भनी आएका विषयमा सत्यता छैन,’ निर्देशक रामचन्द्र तिवारीले नेपाल लाइभसँग भने, 'भिजिट भिसामा बिमा अनिवार्य गर्ने विषयमा चाँहि छलफल भएको छ।'

राम चन्द्र तिवारी
रामचन्द्र तिवारी, अध्यागमन विभाग निर्देशक 

केही सञ्चारमाध्यमहरुमा समेत भिजिट भिसाका लागि शैक्षिक योग्यता र अंग्रेजी भाषा अनिवार्य भन्ने विषय उठेपछि यसमा निकै टिकाटिप्पणी हुन थालेको छ। पैसा भएर घुम्न चाहने व्यक्तिले अंग्रेजी भाषा नजाने विदेश जान नपाउने व्यवस्था व्यवहारिक नभएको टिकाटिप्पणी भइरहेको छ। 

बिमा अनिवार्य 
भिजिट भिसामा विदेश जानेहरूले बिमा भने अनिवार्य गर्नुपर्ने प्रावधान ल्याउने तयारी गरिएको निर्देशक तिवारी बताउँछन्। उनका अनुसार भिजिट भिसामा विदेश गएको अवस्थामा आइपर्ने अप्ठ्यारो परिस्थितिलाई मध्यनजर राखेर बिमाको व्यवस्था गर्न लागिएको हो। भिजिट भिसामा कडाइ  गर्न ल्याइने धेरै व्यवस्थाका विषय छलफलकै क्रममा रहेको उनले बताए। 

‘भिजिट भिसामा जाने भनेको त रमाइलोका लागि घुम्न जाने हो। बिमा गर्न सक्ने आर्थिक हैसियत नभएका व्यक्ति घुम्न जान कसरी सक्छन्,’ उनले प्रतिप्रश्न गरे। भिजिट भिसामा बिमा अनिवार्य गर्न लागिएको बताए पनि उनले बीमांक रकमको भने टुंगो भने लागिनसकेको बताए। 

Ncell 2
Ncell 2

‘यो विषयमा छलफल भइरहेको छ। निर्णय नै नभई १५ लाख वा २० लाखको भन्न त मिलेन नि! बिमांक रकमका विषयमा थप छलफलपछि मात्र हामी निर्णयमा पुग्छौँ,’ सूचना अधिकारी तिवारीले भने।

हाल भिजिट भिसामा विदेश जाने व्यक्तिले राहदानी तथा भिसासहित कम्तीमा १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने व्यवस्था छ। त्यसैगरी विदेशमा घुम्ने तथा बस्ने र फर्कने व्यवस्थासमेत मिलाएको हुनुपर्ने व्यवस्था छ। अब यो व्यवस्थामाथि हेरफेर गरी बिमासँगै अन्य प्रावधान समेत राख्ने गरी छलफल अगाडि बढाइएको निर्देशकसमेत रहेका तिवारीले बताए। 

भिजिट भिसाको आवरणमा मानव तस्करी
केही समय अगाडिदेखि नै भिजिट भिसाको आवरणमा मानव तस्करीका घटनाहरु भइरहेका छन्। कोरोना महामारीपछि झनै यस्ता घटनाहरु बढ्न थालेका छन्।

रोजगारीको प्रलोभनमा पारेर युवाहरुलाई भिजिट भिसामा विदेश पुर्‍याई अलपत्र पार्ने प्रवृत्ति बढ्दै गएको छ। भिजिट भिसामा विदेश पुर्‍याएका व्यक्तिहरु समस्यामा परेपछि उद्धार तथा राहतका लागि समेत कठिनाई भएकाले यसको व्यवस्थामाथि कडाइ गर्न लागिएको हो। 

‘खासगरी कामदार भिसामा जाने व्यक्तिहरुलाई दलाल तथा म्यानपावरहरुले अलपत्र पार्ने क्रम बढेको छ। यसरी भिजिट भिसामा विदेश पुर्‍याएका व्यक्तिहरु विदेशमा अलपत्र परेपछि उद्धार तथा न्याय दिलाउन पनि कठिनाइ छ। जसले गर्दा यसमाथि थप कडाइ गर्न सकिन्छ कि भनेर सामान्य छलफल अगाडि बढाइएको छ,’ तिवारीले भने।

मलेसिया लगायत खाडी मुलुककासाथै युरोप, अफ्रिकालगायत मुलुकमा समेत पछिल्लो समय नेपालीहरु भिजिट भिसामा जाने क्रम बढ्दो छ। भिजिट भिसामा गएकाहरु अधिकांश गन्तव्य मुलुकहरुमा लुकिछिपी अवैध रुपमा रोजगारीमा संलग्न रहेको विभिन्न अध्ययनले देखाएको छ।

खाडीलगायत मुलुकहरुमा भिजिट भिसामा गएर काम गर्ने महिलाहरुको संख्या बढ्दै गएको छ। भिजिट भिसामा गएर रोजगारीमा संलग्न रहेका युवाहरुको यकिन तथ्यांक नभए पनि झन्डै श्रम स्वीकृति लिएर गएका युवाहरुको हाराहारीमा हुन सक्ने आँकलन गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्