• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
प्रहरीमा ‘इन्काउन्टर क्रेज’ : अपराधीलाई इन्काउन्टर गर्ने प्रहरीको खुलेआम चुनौती
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०७५  ०९:५४
1140x725

काठमाडौं– मकवानपुर जिल्लाको प्रमुखका रुपमा सरुवा भएर गएका एसपी लोकेन्द्र श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरेर भने, ‘जघन्य अपराधमा संलग्न अपराधीहरुमाथि जिल्लामा इन्काउन्टर हुनेछ। यो मेरो बोली मात्र होइन, व्यवहारमै देखिनेछ।’ 

कुनै पनि अपराधमा संलग्नलाई गोली हानेर मार्ने अधिकार कानुनले प्रहरीलाई दिएको छैन। तर, सिनियर प्रहरी अधिकारीहरु खुलेआम रुपमा अपराधमा संलग्नहरुलाई गोली हानी सिध्याइदिने धम्की दिइरहेका छन्। 

आइतबार बाँकेका एसपी टेकबहादुर तामाङले पनि हातहतियार बोकेर हिँड्नेहरुलाई ‘इन्काउन्टर’ गरिने बताए। पत्रकारसँग कुरा गर्दै उनले त्यस्तो बताएका थिए। 

नयाँ कार्यालयमा सरुवा भएर गएलगत्तै अपराधीको इन्काउन्टर गर्ने भनेर भाषण गर्ने प्रवृत्ति प्रहरीमा बढ्दै गएको छ। मानव अधिकारकर्मीहरु भने इन्काउन्टर गर्ने प्रहरीको धम्कीबाट चकित छन्।

इन्काउन्टर गर्ने नै होः एसपी श्रेष्ठ

मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले आफूले जघन्य अपराधमा संलग्नहरुलाई इन्काउन्टर नै गर्ने योजना बनाएको बताए।

‘जो बलात्कार गरेर भाग्छ, त्यस्ता व्यक्तिलाई इन्काउन्टर नै गर्ने हो’, उनी भन्छन्, ‘हतियार देखाएर चन्दा माग्दै सर्वसाधारणलाई आतंकित बनाउनेलाई इन्काउन्टर नगरेर के गर्ने?’ 

जघन्य अपराधमा संलग्न भई फरार हुने व्यक्तिहरुको हकमा आफूले इन्काउन्टर गर्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2

बाँकेका एसपी तामाङ पनि अपराधीहरुलाई इन्काउन्टर गर्ने कुरा आफूले बोलेको  स्विकार्छन्।

‘खासगरी हातहतियार बोकेर हिँड्नेहरुलाई कानुनले दिएको अधिकार अनुसार इन्काउन्टर गर्ने कुरा गरेको हुँ’, एसपी तामाङले भने। 

प्रहरीमा 'इन्काउन्टर' भन्ने शब्द छैनः प्रहरी प्रवक्ता

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी मनोज नेउपाने प्रहरीलाई इन्काउन्टर भन्ने शब्द थाहा नभएको बताउँछन्। 

‘प्रहरीमाथि नै कसैले आक्रमण गर्छ भने त्यो अवस्थामा प्रहरीले गोली चलाउँछ’, उनले भने, ‘तर इन्काउन्टर भन्ने हामीलाई थाहा छैन।’ 

अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गरिने दायित्व प्रहरी अधिकारीको भएको र सीधै गोली हान्ने आदेश कुनै पनि प्रहरीले नपाएको प्रहरी मुख्यालयका अधिकारीहरु बताउँछन्। तर, चर्चाका लागि धेरैले इन्काउन्टर गर्ने भनेर उग्ररुपमा बोल्न थालेको उनीहरुको भनाइ छ। 

काठमाडौंका केही गुन्डा नाइकेहरुको ‘इन्काउन्टर’ गर्ने प्रहरी अधिकारीहरु चर्चित बनेपछि अन्य प्रहरी अधिकारीहरुले त्यसैको सिको गर्दै इन्काउन्टर गर्ने भन्दै चर्चा कमाउने प्रयासमा लागेको एक प्रहरी अधिकारी बताउँछन्।

के छ कानुनी प्रावधान?

स्थानीय प्रशासन ऐनले प्रहरीलाई गोली हान्ने अधिकार दिएको छ। ऐनको दफा ६ मा गोली चलाउनुपर्ने आवश्यकता देखिएमा चेतावनी दिएर घुँडामुनि गोली हान्नुपर्ने उल्लेख छ। सोही कानुनी आधारलाई टेकेर प्रहरीमा ‘इन्काउन्टर क्रेज’ बढ्दै गएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता आइतबार, जेठ ११, २०८२
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्