काठमाडौं– सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने विषयहरुका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल थालेका छन्। वाम गठवन्धनको सरकार रहेको समयमा ल्याउन लागिएको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव दिन यसअघिका सबै प्रधानमन्त्रीलाई ओलीले निम्ता दिएका छन्।
ओलीको निम्ताका आधारमा गठवन्धनमै रहेका पुर्व प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्। डा बाबुराम भट्टराई र शेरबहादुर देउवा भने बालुवाटर नपुगेको प्रधानमन्त्रीका सञ्चार संयोजक रामशरण बजगाईंले जानकारी दिएा।
सरकारको नीति तथा कार्यक्रम ल्याउनुपूर्व पूर्व प्रधानमन्त्री , विज्ञ र अर्थशास्त्रीहरुसँग सुझाव लिने गरिन्छ। सोही परम्परालाई निरन्तरता दिँदै प्रधानमन्त्री ओलीले बिहान १० बजेदेखि यस्तो छलफल थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।