गौशाला– महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने दिन उनको स्वागतमा उपस्थित हुन प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन्।
मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई बैसाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका हुन्।
सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यहाँका प्रत्येक स्थानीय तहका प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिएका हुन्।
मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा उपस्थित हुन आग्रह गरेका छन्।
सो क्रममा मन्त्री यादवले मोदीको स्वागतका बेला जनकपुरको कार्यक्रम स्थल बाह्रबिघा (रंगभूमि) मा आउने सवारीसाधनको रुटको बारेमा समेत प्रस्ट पारेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।