पोखरा– प्रदेश ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा र हरिशरण आचार्यले भाग लिँदै विधेयकले कार्य सञ्चालन व्यवस्थित एवम् प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिलामन्त्री चुमानले विधेयकले स्थानीय तहलाई गतिशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अधिवेशन अन्त्य
प्रदेश ४ को चालु अधिवेशन अन्त्य भएको छ। बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘सोमबार राति १२ः०० बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य’ भएको व्यहोराको पत्र पढेर सुनाएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।