• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
यातायात व्यवसायीको धम्की– दुर्घटना भए उपचार गर्दैनौं
64x64
नेपाल लाइभ सोमबार, वैशाख २४, २०७५  १०:५०
1140x725

काठमाडौं– २० वर्षदेखि चल्दै आएको यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने विषयमा सरकार कडा रुपमा प्रस्तुत भएपछि वार्तामा आएर सहमति गरेका यातायात व्यवसायीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने सरकारलाई धम्की दिएका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  यातायात व्यवसायीहरुले सरकारलाई समितिहरुको रोक्का गरिएको खाता तत्काल नखोले दुर्घटनाबापत रकम नतिर्ने धम्की दिएका हुन्। मन्त्रालयले सरकार र यातायात व्यवसायीबीच भएको पाँचबुँदे सहमति सार्वजनिक गर्न आयोजना गरेको  पत्रकार सम्मेलनमा व्यवसायीले खाता रोक्का राख्ने नेपाल राष्ट्र बैंकको निर्णय फिर्ता नलिए आजैदेखि कुनै पनि दुर्घटना भए समितिले रकम नतिर्ने घोषणा गरेका हुन्। 

‘हाम्रो पैसा सरकारले रोक्का गरेको छ, कहाँबाट ल्याएर तिर्ने?' यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हामीलाई लादेर, पेलेर निर्णय गरिएको छ। किन दुर्घटनको रकम तिर्छौं?’ 

सरकारले एक महिनाभित्र यातायात क्षेत्रलाई व्यवस्थित गर्न कार्यदल बनाइसकेको छ। त्यसले दिएको प्रतिवेदनका आधारमा बिमा गरी दुर्घटनको पैसा घाइते र पीडित परिवारलाई दिने सरकारको तयारी भइरहेको समयका व्यवसायीले धम्की दिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने अर्को नियम नबनेसम्म दुर्घटनाबापतको रकम यातायात समितिहरुले नै तिर्नुपर्ने बताएका छन्। मन्त्रीको उक्त तर्कप्रति आक्रोशित हुदै महासंघ अध्यक्ष कर्माचार्यले 'खारेज भएको सिन्डिकेटवालाले किन दुर्घटनमा परेका व्यक्तिहरुको उपचार गर्ने र मृत्यु हुनेहरुको रकम क्षतिपूर्तिको रुपमा तिर्ने?' भन्दै आफै व्यवस्था गर्न सरकारलाई चेतावनी दिए। सिन्डिकेट आफूहरुले गरेको नभई मिडिया र सरकारले दिएको नाममात्र भएको अध्यक्ष कर्माचार्यले तर्क गरे। उनले दुई लाखको हाराहारीमा रहेका सवारीसाधनलाई व्यवस्थापन गर्नेबारे सरकारको धारणा माग गरे। ‘दुई लाख सवारीसाधनले   सिर्जना गरेको रोजगारी अब के हुन्छ?' अध्यक्ष कर्माचायले प्रश्न गरे, ‘४० प्रतिशत रोजगारीको के हालत हुन्छ?’ 

समितिहरुको खारेजप्रति असन्तुष्टि पोख्दै उनले थपे, ‘अब हामीलाई मन लागेको समयमा मात्र गाडी निकालेर चलाउने हो।’

हिजो सहमति भएको कुरा लुकाएर सरकारले एकपक्षीय पत्रकार सम्मेलन गरेको भन्दै व्यवसायीहरुले केही समय होहल्ला समेत गरेका थिए। व्यवसायीका तर्फबाट अध्यक्ष कर्माचार्यलाई बोल्न दिने सहमतिपछि मात्र पत्रकार सम्मेलन सुचारु भएको थियो।

सबै प्रकारमा सिन्डिकेट आजबाट खारेज : मन्त्री महासेठ 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीरप्रसाद महासेठले करिब तीन दशकयता यातायात क्षेत्रमा मौलाएको सिन्डिकेट प्रथा अन्त्य भएको बताएका छन्। सञ्चारमाध्यमको सहयोगका कारण सरकारले सिन्डिकेट समाप्त गर्न सफल भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2

अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतले सहयोग नगरेको भए सिन्डिकेट हटाउन असम्भव भएको उनको भनाइ छ। मन्त्री महासेठका अनुसार आइतबार राति १० बजे सम्पूर्ण यातायात व्यवसायीहरुको सहमतिमा सम्झौता भएको र त्यस सम्झौताले यातायात क्षेत्रको सिन्डिकेटलाई समाप्त पारेको बताए। 

‘व्यवसायी र हामी मिलेर यातायात क्षेत्रलाई व्यवस्थित गर्न लागेका छौं, अब यो देशमा यातायात क्षेत्रको सिन्डिकेट रहनेछैन,’ मन्त्री महासेठले भने, ‘हामीभित्र भएको लाइसेन्स, बिलबुक लगायतमा भएका कमजोरी हटाउने छौं।’ 

बैंक खाता खोल्न मन्त्रीले सहमति गरेको व्यवसायीको संकेत 
गैरनाफामूलक संस्था दर्ता गरी यातायात क्षेत्रमा सिन्डिकेट सञ्चालन गरेका देशभरका यातायात समितिहरुको खाता राष्ट्र बैंकले रोक्का गरेको छ। तर मन्त्री महासेठले उक्त खाता खोल्ने प्रतिबद्धता गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कर्माचायले संकेत गरेका छन्। 

‘यस विषयमा मन्त्रीले आफ्नो तर्फबाट पहल गर्ने वचन दिनुभएको छ,’ कर्माचार्यले भने, ‘हिजै मन्त्रीले गरेको वाचामा हामी विश्वस्त छौं।’ 

समितिहरुको सम्पत्ति रोक्का फुक्का हुन्छ कि हुँदैन भनी सोधेको प्रश्नमा मन्त्री महासेठले यो यातायात मन्त्रालयको विषय नभएको भन्दै पन्छाए। मन्त्री महासेठले उक्त विषय राष्ट्र बैंकको भएकाले पहल गर्ने वचन मात्र दिन सक्ने बताएको स्पष्ट पारे। समितिको मात्र खाता रोक्का भएकाले यसमा आफू पहल मात्र गर्न सक्ने वचन वार्ताको क्रममा दिएको उनले बताए।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण
जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण आइतबार, जेठ ११, २०८२
जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु आइतबार, जेठ ११, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक आइतबार, जेठ ११, २०८२
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
भारतमा कोरोना संक्रमित बढ्दै , यस्ता छन् पुरानो भेरियन्टसँग मिल्दोजुल्दो लक्षणहरू शनिबार, जेठ १०, २०८२
प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायो आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्