काठमाडौं- संसद् तथा सरकारमा आफ्नो भूमिकाबारे छलफल गर्न बसेको माओवादी केन्द्र संसदीय दलको बैठक भोलि पुन: बस्नेगरी सकिएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे सुरु भएको बैठकमा बजेटका लागि पार्टीका सांसद् तथा मन्त्रीहरुले दिनुपर्ने रचनात्मक सुझावका विषषमा समेत छलफल भएको थियो। 'बजेट अधिवेशन सुरु भइसकेको अवस्थामा कसरी हाम्रो दलका सांसदले रचनात्मक सुझाव दिई आगामी बजेटलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे छलफल गर्यौं,' प्रमुख सचेतक देव गुरुङले भने, 'चुनावी घोषाणापत्रमा भएका सम्बोधन कति पूरा गर्न सकिन्छ र देश संघीयता प्रणालीमा गइसकेकाले त्यसअनुसार प्रदेशमा कस्ता योजना पठाउन सकिन्छ भन्नेबारे छलफल भएको छ।'
अध्यक्ष पुष्पकमल दाहालले भने भोलिको बैठकमा निर्देशन दिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।