काठमाडौं– संसद्मा आफ्नो भूमिकाबारे छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बसिरहेको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे सुरु भएको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पार्टी एकताको विषयमा समेत ब्रिफ्रिङ गर्ने एक नेताले बताए।
संसद्को नियमावाली सदनमा प्रस्तुत भएकाले समितिको सभापति कसलाई पठाउने र समितिमा सदस्य हुने सांसदहरुको विषयमा समेत बैठकमा छलफल हुने ती नेताले बताए।
आइतबार संघीय संसदमा पेश भएको नियमावलीमा दुवै सदन र संयुक्त गरी १६ समिति हुने उल्लेख छ। त्यसमध्ये कतिवटा समितिमा सभापति दाबी गर्ने भन्ने विषयमा समेत छलफल हुने माओवादी सांसद अग्नि सापकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।