धनगढी- होटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको १० लाख ५ हजार भारतीय मुद्रा बरामद भएको छ।
होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका रु ५ सय र रु २ हजार दरका भारतीय मुद्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए। प्रहरीले साथी होटेलका व्यवस्थापक सुजन दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
बरामद भएको भारु आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ। उक्त होटेलमा ‘किंग्स लञ्ज ग्यामिङ क्लब’ नामको क्यासिनो सञ्चालनमा रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।