काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा गरेको छ।
लामो समयदेखि सरुवा रोकिएको थियो। सरुवासँगै विभिन्न जिल्लाको नेतृत्व फेरिएको छ।
कास्कीमा सरुवा भएका राना रसुवामा कार्यरत रहँदा रक्तचन्दन तस्करी आरोपमा कारबाही भोगेका अधिकारी हुन्। कास्की एसपी पोष्टिङका लागि उत्कृष्ट जिल्ला मानिन्छ। तर, कारबाही भोगेका अधिकृतलाई सरुवा गरिएको छ। सरुवामा २६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।
केहीले पटक पटक इन्चार्ज पाएपनि केहीले पनि एक पटक पनि पाएका छैनन्। कतिपय एसपी एक वर्ष कार्यकाल नपुगी हटाइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।