• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनक शिक्षा कागज खरिद टेन्डर : ओम्नीको पक्षमा उच्च अदालतको फैसला

64x64
दुर्गा दुलाल बुधबार, कात्तिक २६, २०७७  १९:५१
1140x725

काठमाडौं- उच्च अदालत पाटनले कक्षा ९ र १० का विद्यार्थीका लागि छपाई गर्ने पुस्तकको कागज खरिद टेन्डर विवादमा ओम्नी ग्रुपका पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले ओबिसिआई कम्पनी लिमिटेड (ओम्नी)को रिट जारी हुने फैसला सुनाएको हो। 

२० करोडको कागज खरिदमा टेन्डर हालेको ओम्नी आफ्नो कम्पनीले टेन्डर नपाएपछि असोज १४ गते उच्च अदालत पाटन पुगेको थियो। पाटनले सुरुमा उक्त टेन्डर अघि नबढाउन जनक शिक्षा सामग्री केन्द्रका नाममा अन्तरकालीन आदेश जारी गरेको थियो।

अदालतको अन्तरिम पछि कक्षा ९ र १० का देशभरका विद्यार्थीहरुको पुस्तक छपाई अन्योलमा परेपछि जनक शिक्षा सामाग्री केन्द्र अन्तरकालिन खारेजीको निवेदन लिएर उच्च पुगेको थियो।  असोज २६ गते जनकशिक्षाले निवेदन दर्ता गराएको थियो। उक्त निवेदनमा दुवै पक्षको छलफलपछि पाटन उच्च अदालतले ओम्नीका पक्षमा फैसला सुनाएको हो। 

उच्चको फैसलापछि उक्त मुद्दा सार्वजनिक खरिद अनुमगन कार्यालयको पुनरावलोकन समितिमा गएको छ। कार्यालयले एक महिनाको समयभित्र कसलाई ठेक्का दिने भन्नेबारे निर्णय गर्नुपर्ने छ।

कार्यालयको निर्णयपछि जनक शिक्षाले कागज खरिद सम्झौता गर्ने प्रवक्ता चित्र आचार्यले बताए। ‘अदालतको निर्णय समयमै आएको छ। अब पुनरावलोकन समितिले हाम्रो पक्षमा आयो भने सम्झौता गरेर काम अघि बढ्छौँ,’ उनले भने, ‘अर्को टेन्डर गर्न नपर्ला? परेन भने समितिले गरेको निर्णयको आधारमा सम्झौता गरेर कागज ल्याउने प्रक्रिया शुरु हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

समितिको उक्त निर्णयलाई चुनौती दिँदै फेरि कुनै पक्ष अदालत नगएमा एक महिनाभित्र कागज ल्याउने प्रक्रिया शुरु हुने उनले बताए। ‘समितिको निर्णयविरुद्ध कुनै पक्ष फेरि अदालत गयो भने छिटो गर्ने अर्को विकल्पतिर लाग्नुपर्ने हुन्छ,’ उनले भने, ‘शिक्षा मन्त्रालय र जनक शिक्षाको सञ्चालक समितिले निर्णय गरेर मन्त्रीपरिषद मार्फत गरेर पुस्तक छपाईको काम गर्नुपर्ने हुन्छ।’  

कक्षा ९ र १० का देशभरका सरकारी विद्यालयका विद्यार्थीका लागि पाठ्यपुस्तक छपाईका लागि जनक शिक्षाले २०७७ साउन २३ गते कागज खरिदको टेन्डर प्रकाशन गरेको थियो। २० करोड रुपैयाको बराबरको उक्त टेन्डर आफ्नो पक्षमा नपरेपछि ओम्नीले झमेला खडा गरेको थियो। ओम्नीका झमेलाका कारण देशभरका विद्यार्थीहरु पढ्ने पाउने अधिकारबाट वञ्चित हुने चिन्ता देखिएको थियो। मेडिकल सामाग्री खरिदमा बदमासी गरेर बदनामी कमाएको ओम्नी जनक शिक्षा सामग्री केन्द्रको पुस्तक छपाईका लागि कागज खरिदको टेन्डरमा छिरेपछि यो वर्ष किताब छाप्ने विषयमा अन्योल भएको थियो।

यो पनि पढ्नुहोस्

जनक शिक्षाको कागजमा ओम्नी छिरेपछि ९ र १० कक्षाका पाठ्यपुस्तक छपाइमा अन्यौलमंगलबार, कात्तिक २५, २०७७

कागज खरिदको ठेक्कामा सुरुमा ओम्नीसहित ८ वटा कम्पनीले टेन्डर हालेका थिए। टेन्डरमा न्यूनतम र काम गर्न योग्य भएपछि जनक शिक्षाले  एसएस पेपर काठमाडौँको प्रस्ताव छनौट गरेको थियो। आफूले पाउनुपर्ने भन्दै ओम्नीले शुरुमा सार्वजनिक खरिद पुनरावलोकन समिति गुहारेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त समितिमा ओम्नीले दिएको निवेदनमा सुनुवाई हुदै दरपिठ गर्ने आदेश गरेको थियो।

उक्त समितिले गरेको निर्णय विरुद्ध उच्च अदालतमा पुनरावेदन दिन पाउने अधिकार अन्र्तगत ओम्नी पाटन उच्च अदालत पुगेको थियो। उच्च अदालतमा उसले ओम्नीले आफुले न्युनतम दाबी गरेको तर त्यसलाई पन्छाएर अर्कैलाई दिएको दाबी गर्दै निवेदन दिएको थियो।

सार्वजनिक खरिद पुनरावलोकन समितिले पनि आफूलाई सुनुवाईको मौका नदिई निवेदन दरपिठ गरेकोले उक्त टेन्डर सम्बन्धी प्रक्रिया रोक्न ओम्नीको निवेदनमा माग गरिएको थियो। उक्त निवेदनमा सुनुवाई गर्दै असोज १६ गते उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएको थियो। न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले अन्तरकालीन आदेश जारी गर्दै सबै काम रोकी छलफलमा उपस्थित हुन भनेको थियो। 

सार्वजनिक खरिद पुनरावलोकन समिति ताहाचल काठमाडौं, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरलाई विपक्षी बनाई ओम्नीले निवेदन दर्ता गराएको थियो। 

‘कक्षा ९ र  १०का विद्यार्थीहरुका लागि पाठ्यपुस्तक छापाउनुका साथै सम्बन्धित विद्यालयमा चैतसम्म किताब पुर‍्‍याउनु पर्ने भएकाले अब मुद्दा नलम्बिए मात्र सम्भव छ,’ प्रवक्ता आचार्यले भने, ‘छाप्न नपाउने वा नयाँ टेन्डर गर्नुपर्ने भए अब केही दिनमा स्पष्ट होला।’ अदालतले आफूहरुको माग सुनेर छिटो निर्णय सुनाएकाले अब समितिको निर्णयपछि पुस्तक छपाईका लागि काम अघि बढाइने उनले बताए। 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १९:५१
  • ##पुस्तक
  • #ओम्नी
  • #जनक-शिक्षा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
काठमाडौं– नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइ रहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटान ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान -GCRPPB_  र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरमले मंगलबार एक संयुक्त विज्ञप्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्