• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनक शिक्षाको कागजमा ओम्नी छिरेपछि ९ र १० कक्षाका पाठ्यपुस्तक छपाइमा अन्यौल

64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक २५, २०७७  १४:४८
1140x725

काठमाडौं- मेडिकल सामग्री खरिदमा अनियमितता गरेर विवादित बनेको ओबिसिआई (ओम्नी)का कारण कक्षा ९ र १० को पुस्तक छपाइमा अन्यौल सिर्जना भएको छ। जनक शिक्षा सामग्री केन्द्रको पुस्तक छपाइका लागि कागज खरिदको टेन्डर आफूले नपाएको भन्दै ओम्नीले सर्वोच्चमा मुद्दा दायर गरेपछि यो वर्ष किताब छाप्ने काम अन्योलमा परेको हो। 

कक्षा ९ र १० का विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइका लागि कागज खरिद गर्न जनक शिक्षाले २०७७ साउन २३ गते टेन्डर प्रकाशन गरेको थियो। २० करोड रुपैयाँ बराबरको उक्त टेन्डर आफ्नो पक्षमा नपरेपछि ओम्नीले झमेला खडा गरेको छ।

ओम्नीको झमेलाका कारण देशभरका विद्यार्थीहरू समयमा पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका छन्। समयमै पाठ्यपुस्तक छपाइ हुन नसके देशभर पुस्तक पुर्‍याउन सम्भव नहुने र बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था आउने जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले बताए। 

कागज ठेक्कामा सुरुमा ओम्नीसहित ८ वटा कम्पनीले टेन्डर हालेका थिए। उक्त टेन्डरमा न्यूनतम मूल्यको र काम गर्न योग्य भएपछि जनक शिक्षाले  एसएस पेपर काठमाडौंको प्रस्ताव  छनोट गरेको थियो। 

आफूले पाउनुपर्ने ठेक्का अर्कैले पाएपछि ओम्नीले सुुरुमा सार्वजनिक खरिद पुनरावलोकन समिति गुहार्‍यो। सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त समितिमा ओम्नीले दिएको निवेदनमा सुनुवाइ हुँदै दरपिठ गर्ने आदेश गर्‍यो। उक्त समितिले गरेको निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन दिन पाउने अधिकारअन्र्तगत ओम्नी पाटन उच्च अदालत पुग्यो। उच्च अदालतमा ओम्नीले आफूले न्युनतम दावी गरेको तर त्यसलाई पन्छाएर अर्कैलाई दिइएको दावी गर्दै निवेदन दियो। 

सार्वजनिक खरिद पुनरावलोकन समितिले पनि आफूलाई सुनुवाइको मौका नदिइ निवेदन दरपिठ गरेकाले उक्त टेन्डरसम्वन्धी प्रक्रिया रोक्न ओम्नीको निवेदनमा माग गरिएको थियो।  ओम्नीले उच्चमा असोज १४ गते निवेदन दर्ता गराएको थियो। 

उक्त निवेदनमा सुनुवाइ गर्दै असोज १६ गते उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएको थियो। न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले अन्तरकालीन आदेश जारी गर्दै सबै काम रोक्न र छलफलमा झिकाएको थियो। ओम्नीका तर्फबाट पारस केसीले उच्चमा निवेदन दिएका थिए। निवेदनमा सार्वजनिक खरिद पुनरावलोकन समिति ताहाचल काठमाडौं र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी भक्तपुरलाई विपक्षी बनाइएको थियो।   

उच्चले अन्तरिम आदेश जारी गरेपछि कागजको ठेक्का रोकिएको जनक शिक्षाका प्रवक्ता आचार्यले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सार्बजनिक खरिद अनुगमन कार्यालयले गरेको निर्णयविरुद्ध परेको निवेदन भए पनि त्यसको असर देशभरका विद्यार्थीमा परेको उनले बताए।  लगत्तै जनक शिक्षा सामग्री केन्द्रले पनि असोज २६ गते अन्तरकालीन आदेश बदर हुनुपर्ने माग गदै  निवेदन दियो। उक्त निवेदनमा आइतवार सुनुवाइ भएको छ। उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र निर्मल पौडेलको इजलासमा पेशी रहेको उक्त मुद्दामा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको  छ। उच्चले २६ गतेलाई छलफलका लागि दुबै पक्षलाई बोलाएको  प्रवक्ता आचार्यले बताए।  

‘अदालतमा मुद्दा विचाराधिन हुँदा र लामो समय लम्विँदा विद्यार्थीको भविष्यमाथि खेलवाड हुने भयो भनेर हामी पनि अदालत गएका हौं,’ प्रवक्ता आचार्यले भने, ‘पुस्तक छपाईका लागि कागज किन्नै समस्या भयो। के गर्ने हो, अदालतले समयमै निर्णय दिए हुन्थ्यो।’ 

अदालतको आदेश मान्न सधैं तयार भएपनि समयमा निर्णय नआउँदा अन्योल थपिएको र ढिलोमाथि ढिलो हुँदै गएको उनले बताए। दसैंअघि नै सुनुवाइ भएर अन्तरिम आदेश भएपछि तिहार आउने बेलासम्म अर्को सुनुवाइ नभएकाले पुस्तक छपाइ गर्ने कि नगर्ने अन्योलमा परेको उनले बताए।  

 ‘कक्षा ९ र १० का विद्यार्थीका लागि पाठ्यपुस्तक छापाउनुका साथै सम्बन्धित विद्यालयमा चैतसम्म किताब पुर्‍याउनु पर्ने भएकाले मुद्दा लम्बिँदै गएमा समय अभाव हुन्छ,’ उनले भने, ‘छाप्न नपाउने वा नयाँ टेन्डर गर्नुपर्ने भए अहिले नै स्पष्ट आदेश आए त्यही प्रक्रियामा जाने थियौं।’   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अदालतले अर्को सुनुवाइमा यो कुरा स्पष्ट गरेमा सोही अनुरुप अघि बढ्न जनकशिक्षा तयार रहेको उनले बताए। ‘अदालतको निर्णय मान्न तयार छौं,’ उनले भने, ‘हाम्रो एउटै कुरा–जे गर्ने हो समयमा गरिदिए हुन्थ्यो।’ 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्