• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

काठमाडौंको हवाई चाप घटाउन काभ्रेमा विमानस्थल, नागीडाँडा होला कि ठूलीचौर?

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०७५  १५:१७
1140x725

काभ्रे- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढेसँगै संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि वैकल्पिक दुई स्थान चयन गरी स्थलगत अवलोकन गरेको छ। मंगलबार संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नागरिक उड्डयन प्राधिकरणको टोलीले बनेपाको नागीडाँडा तथा धुलिखेलको ठूलीचौरको स्थलगत अवलोकनका साथै जनप्रतिनिधि, स्थानीयबासी र पत्रकारसँग अन्तर्क्रिया गरेको हो।

नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेका दुवै स्थान र अर्को धुलीखेलकै चिसापानी ठूलीचौरको अवलोकन गर्दै पर्यटनमन्त्री अधिकारीले १५ दिनभित्र कुन स्थान उपयुक्त हुन्छ भन्ने निचोडमा पुग्ने बताए। 'मैले एक सय दिनमा पूरा गर्ने कामको सूचीमा काठमाडौंका लागि वैकल्पिक आन्तरिक विमानस्थलबारे टुंगो लगाउने विषय समेटेको छु,' मन्त्री अधिकारीले भने, 'अब २ दिनभित्र विज्ञहरुको टोली बनाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिनेछु, त्यसपछि कुन ठाउँ प्राविधिक, भौगोलिक र आर्थिक हिसाबले उपयुक्त छ, त्यो ठाउँ चयन हुन्छ र निर्माणको प्रक्रिया अघि बढ्छ।'

स्थलगत अवलोकनपछि धुलिखेलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक (डिजी) सञ्जीव गौतमले काठमाडौंमा हवाई चाप दिनानुदिन बढिरहेकाले वैकल्पिक एयरपोर्ट बनाउनैपर्ने अवस्था आइसकेको बताए। 'अहिले वार्षिक ७० देखि ७५ लाख यात्रु त्रिभुवन विमानस्थलले धानेको छ। अन्तर्राष्ट्रिय ट्रेन्ड हेर्ने हो भने पनि हरेक १५ वर्षमा हवाइ यात्रुको संख्या दोब्बरले बढ्ने गरेको छ,' उनले भने, 'काठमाडौं नजिक अर्को वैकल्पिक विमानस्थल कहाँ हुन सक्छ भनेर हामीले अध्ययन गरिरहेकै थियौं।'

नागीडाँडाको सम्भावना

काभ्रेको बनेपा नगरपालिकामा पर्ने नागीडाँडा दूरीका हिसाबले काठमाडौं उपत्यकाबाट नजिकै पर्ने स्थान हो। अरनिको राजमार्गबाट २ किलोमिटरको दूरीमा रहेको नागीडाँडामा ८ सय वा १२ सय मिटर लम्बाइको रनवे बनाउन सकिने सम्भावना छ। प्राधिकरणका डिजी गौतमका अनुसार ८ सय मिटरको रनवे बनाउँदा २० मिटरको हाराहारीमा माटो काट्नुपर्ने हुन्छ भने १२ सय मिटरको रनवे बनाउँदा ५० मिटरसम्म माटो काटेर निर्माण गर्नुपर्ने हुन्छ।

नागीडाँडामा ३ सय मिटरको चौडाइ राख्न मिल्ने स्थान छ। जहाँ २० वटासम्म साना जहाज पार्किङ गर्न पुग्नेछ। यसैगरी, नागीडाँडाबाट बाटोको निकास पनि सहज देखिन्छ। त्यहाँबाट काभ्रेको बनेपा, पनौतीका साथै ललितपुरसमेत निस्कन सक्ने सडक कनेक्टिभिटी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, नागीडाँडामा २० देखि २५ प्रतिशत मात्र निजी जग्गा रहेकाले अधिग्रहण र मुआब्जाका लागि सहज हुन सक्ने प्राधिकरणको बुझाइ छ। समुद्र सतहबाट करिब १८ सय मिटरको उचाइमा रहेको नागीडाँडामा ७५ प्रतिशत हिस्सा सामुदायिक वन अन्तर्गत पर्छ।

नागीडाँडा


'नागीडाँडामै विमानस्थल बनाउनुपर्छ। योभन्दा उपयुक्त अर्को ठाउँ छैन। यहाँ कुहिरो र बादलले दुःख दिएको थाहा छैन,' बनेपा नगरपालिका ११ का वडाध्यक्ष शिवकुमार थापाले भने, 'भक्तपुर-बनेपा सडक ६ लेनको बनाउनासाथ ट्राफिक समस्या पनि रहँदैन। धुलीखेल र बनेपामा पनि जाम हुँदैन।'

Xtrem

Xtrem

ठूलीचौरका कठिनाइ

एयरपोर्ट निर्माणका लागि प्रारम्भिक अध्ययन गरिएको धुलीखेल नगरपालिकाको ठूलीचौरमा अहिले नेपाली सेनाको ठूलीचौर पोस्ट छ। त्यहाँ विमानस्थल निर्माण गर्ने हुँदा सैनिक पोष्टका लागि समेत अर्को स्थान खोज्नुपर्ने हुन्छ। धुलीखेलदेखि करिब ३ किलोमिटरको दूरीमा र समुद्र सतहबाट करिब १८ सय मिटरकै उचाइमा रहेको ठूलीचौरमा १२ सय मिटरको रनवे निर्माण गर्ने हुँदा धेरै माटो काट्नुपर्ने र पुर्नुपर्ने अवस्था देखिन्छ।

ठूलीचौरको सैनिक पोस्ट


यसैगरी, ठूलीचौरमा रहेको मन्दिर र स्थानीयका लागि घुमफिर गर्न आउने स्थानका कारण त्यहाँका स्थानीयबासीले त्यसलाई मास्न नहुने बताउँदै आएका छन्। मन्त्री अधिकारीले ठूलीचौरलाई चयन गर्ने विषयमा भने, 'यहाँ केही धार्मिक महत्वका कुराहरु पनि छन्, त्यसबारे हामी छलफल गरेर उचित निष्कर्ष निकाल्छौं।'

ठूलीचौरमा प्रारम्भिक अनुसन्धान अनुसार ३० देखि ४० प्रतिशत मात्र सामुदायिक जग्गा छ भने ६० देखि ७० प्रतिशत निजी जग्गा पर्छ। प्राधीकरणका अनुसार धेरैभन्दा धेरै व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने अवस्थामा लागत बढ्न जान्छ भने थप स्थानीय तहका समस्या पनि आउन सक्छन्।

स्थलगत अवलोकनपछिको अन्तर्क्रियामा धुलीखेलका पर्यटन व्यवसायी अरुण श्रेष्ठले धुलीखेलमा एयरपोर्ट बनाउनु नहुने तर्क गरे। '३० वर्षअघि पनि यो कुरा उठेको थियो। अहिले काठमाडौंमा चाप भयो भनेर धुलीखेल आउने कुरा भइरहेको छ। एयरपोर्ट बनाउने कुरामा २० वर्षपछि के होला भनेर सोच्नुपर्छ। अब किन चाहियो धुलीखेललाई एयरपोर्ट?' मन्त्री अधिकारी र जनप्रतिनिधिसमक्ष आफ्ना कुरा राख्दै उनले स्पष्ट भने, 'धुलीखेल अब पर्यटकीय गन्तव्य बनिसकेको छ। शैक्षिक हब बनिसकेको क्षेत्र हो यो। यहाँको पर्यावरण खल्बल्याउनु हुँदैन।' 

ठूलीचौर


यसैगरी, प्राधिकरणले प्रारम्भिक अध्ययन समेत नगरेको चिसापानी ठूलीचौरमा एयरपोर्ट बनाउन सकिने धुलीखेल-११ का वडाध्यक्ष विष्णु धितालले बताए। उनले ठूलीचौरबाट नजिकै रहेको चिसापानी ठूलीचौरमा अधिकांश जमिन सामुदायिक वनभित्र पर्ने भएकाले अधिग्रहणमा समस्या नआउने बताए। उनले भने, 'ठूलीचौरभन्दा धुलिखेल ११ र १२ को सिमानामा पर्ने चिसापानी ठूलीचौर एयरपोर्टका लागि उपयुक्त छ। त्यहाँ सार्वजनिक जग्गा मात्र छ। हामी सहयोग गर्न तयार छौं।'

कस्ता विमान जालान्?

संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा बनाउन खोजेको वैकल्पिक आन्तरिक विमानस्थलमा अधिकतम १२ सय मिटरको रनवे हुनेछ। प्राधिकरणका डिजी गौतमका अनुसार अहिलेसम्मको अध्ययन अनुसार नागीडाँडा र ठूलीचौर दुवै स्थानमा बढीमा १२ सय र कममा ८ सय मिटरको रनवे बन्नेछ। जहाँ अधिकतम २० सिट क्षमताका भन्दा ठूला जहाज जान सक्दैनन्।

टि्वनअटर, डोर्नियरजस्ता साना जहाज र हेलिकोप्टरका लागि मात्र काभ्रेमा बनाउने भनिएको विमानस्थल उपयुक्त हुन्छ। डोर्नियरका लागि पिच अनिवार्य हुनुपर्छ।

प्राधिकरणका अनुसार ८ सय मिटर रनवेको विमानस्थल बनाउन साढे ३ अर्ब र १२ सय मिटर रनवेको निर्माण गर्न ५ अर्ब रुपैयाँ अनुमानित लागत लाग्नेछ।

काभ्रेको कुनै एक ठाउँ निश्चित गरेर सानो विमानस्थल बनाउने हो भने, त्रिभुवन विमानस्थलबाट पहाडी क्षेत्रमा उड्ने र अवतरण हुने साना विमानलाई त्यहाँ लैजान सकिनेछ। यसैगरी, अधिक मात्रामा हुने लुक्ला वा माउन्टेन फ्लाइटलाई काठमाडौंबाट सार्न सकिनेछ। जसले त्रिभुवन विमानस्थलको हवाइ चापलाई केही मात्रामा घटाउन सहयोग गर्नेछ। अहिले काठमाडौं बेस भएर ३० भन्दा कमको संख्यामा साना जहाजले सेवा दिइरहेका छन्।

जनप्रतिनिधि के भन्छन्?

पर्यटनमन्त्री अधिकारीसँगको अन्तर्क्रियामा काभ्रेका प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिले काभ्रेको विकासका लागि विमानस्थल आवश्यक रहेको औंल्याए।

काभ्रे २ का सांसद एवं सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले काभ्रेमा वैकल्पिक विमानस्थल बनाउने भनेर चर्चा मात्र गर्ने तर कहिल्यै नबनाउने भन्दै गुनासो गरे। उनले कुरा धेरै पटक भएको तर काम नभएको बताए। 'जसरी बन्छ बनाउनुपर्योा। यहाँ एयरपोर्ट बन्नु भनेको विकास हुनु हो,' उनले भने, 'विकास हुँदा केही विनास पनि हुन्छ, रुखहरु काट्नुपर्छ, केही ठाउँ भत्काउनुपर्छ, त्यो त हामीले पनि सहनुपर्छ।'

यसैगरी, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जूले धुलीखेलको विकासका लागि र त्रिभुवन विमानस्थलको चाप कम गर्न काभ्रेमा विमानस्थल बनाउन उपयुक्त हुने बताए। उनले विमानस्थल बन्दा धुलीखेलको पर्यटनलाई समेत सघाउ पुग्ने जनाए।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्