• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशबाट फर्किएका महिलालाई तिरस्कार गर्ने प्रवृति हटाउनुपर्छ : मन्त्री गुरूङ

64x64
नेपाल लाइभ शुक्रबार, असोज ९, २०७७  १७:१२
1140x725

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरूङले वैदेशिक रोजगारीबाट आएका महिलालाई नेपाली समाजले नकारात्कम दृष्टिकोणले हेर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।  

शुक्रबार हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक पत्रकार समाजले आयोजना गरेको ‘वैदेशिक रोजगारबाट समस्यामा परी फर्किएका महिला, बालबालिका तथा गर्भवती महिलाहरूको विषय’ वेविनार कार्यक्रममा बोल्दै मन्त्रीले गुरूङले यस्तो बताएका हुन्। 

समाजमा सकारात्कम तथा नकारात्मक दुबै पक्ष भएकाले समाजमा रहेका सबै नेपालीहरूले वैदेशिक रोजगारबाट आएका महिलालाई सकारात्मक रुपमा हेर्नुपर्ने उनले बताए। उनका अनुसार वैदेशिक रोजगारीबाट आएका महिला गर्भवती भएर मात्रै आउँछन् वा गर्भधारण गरेर मात्रै आउने मानसिकता परिवर्तन गर्नुपर्ने बताए। 

यस्तै कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका महिलालाई उद्दार गरिएको उदाहरण दिँदै उनले भने, ‘कतिपय महिलाहरू गर्भवती भएर आएका छन्। तर  अधिकांश छैनन्। विदेशमा गएर आएमा महिलालाई कहाँ बस्यो, कोसँग बस्यो। साथै समाजबाट बहिस्कृत, तिरस्कृत हुनुपर्ने र परिवारबाट अपिहेलित हुनुपर्ने जस्ता समस्यालाई सकारात्मक रुपमा रुपान्तरण गर्नुपर्छ।’

यसका लागि सरकारले समाजमा रहेका मानिसको मानसिक तथा विचारलाई कसरी रुपान्तरण गर्ने र कसरी जनचेतना दिने भन्ने विषयमा विभिन्न संघसंस्थासँगको सहकार्यमा सरकारले सहयोग गर्ने बताए। 

‘विदेशबाट आएका महिलालाई हामीले अपमान नगरौं,’ उनले भने, ‘विदेशमा जाने महिला के कारणले बाध्य भएका छन्। फर्केर आएपछि त्यसको विष्लेषण गरौं र सुख दुःख सुनौं।’

उनका अनुसार विदेशमा जाँदा पनि ठगिएर रुँदै, शोषित भई जानुपर्ने र फर्केर आउँदा पनि समाजले बहिस्कार गर्ने परिस्थितिलाई कसरी परिवर्तन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए। 

साथै, सामाजिक संघसंस्थाले सामाजिक सेवाको भावनाले कुनै पनि व्यापार नगरी समाजका मानिसको मानसिक परिवर्तनको लागि काम गरेमा यस्ता विभिन्न विसङ्गति, विकृति आउन नसक्ने उनले दाबी गरे। ‘सच्चा मानवताको हिसाबले काम गरेमा यसको अन्त्य साँच्चै हुने र विगतको दिनमा दर्दानक अवस्था भोगेर नेपाल फर्केका महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ,’ उनले भने।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिमात्रै नभई विदेशबाट गर्भवती भएर फर्किएका महिलाले एउटा बेवारिशे बच्चालाई जन्म दिने जस्ता समस्यालाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुपर्ने बताए। 

‘त्यसैगरी महिलालाई पठाउने म्यानपार कम्पनीलाई खारेज गरौं र विदेश जान बाध्य बनाउने सामाजिक तथा परिवारिक संरचनालाई पहिचान गरौं र सकारात्मक दृष्टिकोण विस्तार गरौं,’ उनी भन्छन्, ‘यस्ता कार्यहरूको शुरुवातबाट गलत समाजको अन्त्य गर्नुपर्छ।’

पौरखी नेपालका कार्यकारी निर्देशक अध्यक्ष मञ्जु गुरूङ विदेशबाट आएका महिलाले निकै चुनौतीका साथ समाजमा बाँच्नुपर्ने बाध्यता रहेको बताउँछिन्। उनले विदेशमा यौन हिंसा गरेर गर्भवती हुने र समझदारीमा यौन गरेर गर्भवती भएको महिलालाई एउटै रूपमा हेर्न नहुने बताइन्। 

‘विदेशमा गएर पनि विभिन्न यौन हिँसा, विभेद भोगेर फर्केको हुन्छ,’ उनले भनिन्, ‘नेपाल आउँदा पनि परिवारले विश्वास नगर्ने, समाजले तिरस्कार गर्ने जस्ता धेरै समस्याले महिलाले झन नेपाली समाजमा विभिन्न विभेद सहनु पर्ने बाध्यता रहेको छ।’

साथै, विदेशबाट आएका महिलालाई परिवार तथा समाजले स्वीकार नगर्ने, गर्भवती भई नेपालमा जन्म भएका बच्चाले नागरिकता नपाउने, राज्यविहिन हुनुपर्ने, विद्यालय भर्न गर्न नपाउने समस्या भएकाले सरकारले सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन्। 

त्यसैगरी सरकारले घरेलु कामदारको लागि द्विपक्षिय सम्झौता गरी महिला र घरेलुमैत्री बनाउनुपर्ने उनले बताइन्

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्