काठमाडौं–नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर माग गरेको छ। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जनाका लागि दरखास्त आह्वान गरेको हो।
सिभिल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्यानुभव भएकाले निवेदन दिन सक्ने बैंकले जनाएको छ।
योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन्। सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा रहनेछ। करार अवधि ६ महिनाको रहेको छ।
त्यस्तै राष्ट्र बैंकले १० जना ड्राइभर माग गरेको छ। ड्राइभरको मासिक तलब २८ हजार रुपैयाँ रहेको छ भने खाजा खर्च २ हजार रुपैयाँसहित अन्य सुविधाहरु पाउनेछन्। सवारी चालकको हकमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक नेपाली नागरिकले असोज २२ गतेसम्ममा निवेदन दिनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।