काठमाडौं- सरकारले जिटुजीमार्फत इजरायलमा नेपाली कामदार पठाउने भएको छ। कामदार पठाउने प्रक्रिया थालनीका लागि सरकारले श्रम सम्झौता गर्ने निर्णय गरको जानकारी सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
'नेपाल र इजरायल बीच जिटुजी मार्फत कामदार पठाउने श्रम सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ,' मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने।
दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी मन्त्रिपरिषदको बैठकले राजदूत अञ्जना शाक्यलाई दिएको समेत उनले जानकारी गराए। सरकारले केयर गिभरमा मात्रै कामदार जान पाउने गरी इजरायलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।