काठमाडौं- सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका छन्।
हुम्ला लिमीमा चिनियाँ पक्षले नेपाली भूमिमा ११ भवन बनाएका समाचार आएको भन्दै उनले त्यो पनि चिनियाँ क्षेत्रमा नै बनेको जानकारी दिएका हुन्। यस्तै चर्चा २०७३ साल पनि भएको र सोबारे सरकारले टोली पठाएर अध्ययन गरेको उनले बताए।
'नेपाल–चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको छ,' चीनले बनाएका भनिएका भवनबारे प्रष्ट पार्दै मन्त्री ज्ञवालीले भने।
जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन टोली गएको र त्यसको रिपोर्ट आउन बाँकी रहेकोसमेत उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।