बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रदेशसभामा सम्बोधन गरेका छन्। प्रदेश ५ को प्रदेशसभामा आज उनले सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीले संसारलाई ज्ञानको प्रकाश बाँड्ने गौतम बुद्धको जन्मभूमिमा रहेको प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न पाउँदा खुशि लागेको बताए। सम्बोधनका क्रममा उनले भने,‘यो बुद्धभूमि ज्ञानको केन्द्र त छँदैछ। यसलाई हामीले संसारको आराध्य पर्यटन केन्द्रका रुपमा विकास गरी देशको समृद्धिकोसमेत सहयोगी बनाउन सक्छौं।’
ओलीले भैरहवासम्म सिधा एयर रुटका लागि आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताए। । ‘भारतले एउटा मात्र एयर रूट दिदा अफ्ठेरो परेको बताउँदै भारत भ्रणको क्रममा सिधा थप एयर रुटका लागि कुरा गरेको उनले बताए।
भारतले जमिनसँगै आकाशमा पनि कञ्जुस्याइँ गरेको उनको भनाई थियो।
‘जमिनमा मात्र होइन आकाशमा पनि कन्जुस्याइँ गर्नुको कुनै आवश्यकता छैन, नयाँ एयर रूट लिन्छौं, भैरहवा विमानस्थल चल्छ,’ ओलीले भने।
सम्बोधनका क्रममा ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने र सिण्डिकेट, कार्टेलिङ तथा बन्द हडताललाई निस्तेज बनाउँदै लैजाने बनाए।
विगतमा विभिन्न कारण देश पछि परेको र अब देशलाई सम्बृद्ध बनाउन कुनै पनि नअल्झिन आग्रह गरे।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहका लागि रुपन्देही पुगेका प्रधानमन्त्रीले बुटवलमा प्रदेश सभालाई सम्बोधन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।