काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश ५ को प्रदेशसभामा सम्बोधन सुरु भएको छ। प्रधानमन्त्री ओलीको प्रदेशसभामा यो नै पहिलो सम्बोधन हो।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहका लागि रुपन्देही पुगेका प्रधानमन्त्रीले बुटवलमा प्रदेश सभालाई सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ।
नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।