काठमाडौं– सरकारले बैसाख २३ गतेदेखि संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
त्यस्तै बैठकले वीरगन्जस्थित नेपाल-भारत एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने पनि निर्णय गरेको छ। आन्तरीक शान्ति सुरक्षासम्बन्धी ऐन तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा न्याय सेवाका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।