काठमाडौं– सरकारले बैशाख २३ गतेदेखि संसदको अधिबेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारीस गर्ने निर्णय गरेको छ। शुक्ररबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
त्यस्तै बैठकले वीरगञ्जस्थित नेपाल भारत एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने पनि गरेको छ। आन्तरीक शान्ति सुरक्षासम्बन्धि ऐन तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै बैदेशिक रोजगार न्यायधीकरणको रिक्त पदमा सहन्यायधिवक्ता रमादेवी पराजुली नियुक्त भएको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।