• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तत्कालीन आइजिपी अर्यालले नै मोरङ पठाएका थिए अनुसन्धान टोली

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १३, २०७५  १६:१७
1140x725

काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानका लागि तत्कालीन आइजिपी प्रकाश अर्यालले नै अपराध महाशाखाको टोलीलाई मोरङ पठाएको खुलेको छ। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार अर्यालकै सूचनाका आधारमा अपराध महाशाखाको टोलीले मोरङ पुगेर शाक्यको शव बरामद गरेको थियो। जसले गर्दा पूर्व आइजिपी अर्याल पनि शंकाको घेरामा परेका छन्। तर, सो समूहलाई उनले सहयोग गरेको प्रमाण भने फेला नपरेको छानबिन समितिका एक अधिकारीले नेपाल लाइभलाई बताए। 

अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले छानबिन समितिको सोधपुछमा महानिरीक्षककै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका छन्। महाशाखाले कार्यक्षेत्र नाघेर अनुसन्धानमा चलखेल गरेको आरोप लागेको थियो। शाक्य हत्याको अनुसन्धानमा महाशाखाले मुख्य नाइकेलाई जोगाएपछि त्यसमा भएको चलखेल बाहिर आएको थियो। जुन घटनाको छानबिन गर्दा लामो समयदेखि विमानस्थलबाट प्रहरीकै सहयोगमा सुन तस्करी हुँदै आएको खुलिसकेको छ। घटनामा संलग्न ४ प्रहरी अधिकारीसहित २५ जना पक्राउ परिसकेका छन्। 

सुन तस्करीका नाइके चुडामणि उप्रेती (गोरे) ले नै प्रहरी अधिकारीहरुलाई सूचना दिएर घटनाको व्यवस्थापनका लागि आफू अनुकूल प्रहरी काठमाडौंबाट परिचालन गराएका थिए। तस्करीको ३३ किलो सुन हराएपछि शाक्यले लुकाएको हुनसक्ने आशंकामा उनलाई अपहरण गरेर करेन्ट लगाइएको थियो। करेन्टकै कारण उनको फागुन १८ मा मृत्यु भएपछि शाक्यकै साथीहरुलाई अभियुक्त बनाएर फसाउन र आफूहरु जोगिनका लागि उप्रेतीले त्यसरी प्रहरीसँग साँठगाँठ गरेका थिए।

स्रोतका अनुसार उप्रेतीको अर्यालसँग पटक-पटक फोन सम्पर्क देखिएको छ। त्यसबाहेक अन्य प्रमाण भने भेटिएको छैन। 

एसपीसहित तीन प्रहरी निलम्बनमा 

सुन तस्करीमै जोडिएका एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध मुद्दा प्रक्रिया अघि बढेको छ। उनीहरुलाई मोरङ जिल्ला अदालतले बिहीबार ६ दिन थुनामा राख्न म्याद दिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा संगठित अपराध मुद्दा चल्नेछ। पूर्व डिआइजी गोविन्द निरौलाविरुद्ध पनि हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाइएको छ।म्याद थप भएसँगै उनीहरु निलम्बनमा परेका छन्। 

मंगलबार बयानको क्रममा शौचालय गएका राउत त्यहीँबाट भागेका थिए। बिहीबार उनी आफैं गृहमा उपस्थित भएका थिए। पूर्वडिआइजी निरौला, एसपी खनाल र डिएसपी राउतले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीमा सघाएका थिए। 

डिएसपी केसीलाई पनि बयानका लागि पत्राचार 

Ncell 2
Ncell 2
nimb
nimb

अपराध महाशाखाका तत्कालीन डिएसपी प्रजित केसीलाई पनि सोधपुछका लागि भनेर जिल्ला प्रहरी कार्यालय मोरङले पत्राचार गरेको छ। तस्करहरुलाई सहयोग गरेको प्रमाण भेट्टिएपछि उनलाई समेत पत्राचार गरिएको स्रोत बताउँछ। उनी पनि घटनाका प्रतिवादी बन्ने सम्भावना छ। 

डिएसपी केसी नेतृत्वकै प्रहरी टोलीले शाक्यको शव बरामद गरी तीन जनालाई पक्राउ गरेको थियो। शाक्य हत्याको अनुसन्धानको सुरुवात नै गलत नियतबाट भएको गृह मन्त्रालयको छानबिनमा खुलेको थियो। केसीसँगै घटनाको अनुसन्धानमा गएका सई सञ्जेल पक्राउ परिसकेका छन्। अन्य केही प्रहरी अधिकारीको हकमा समेत प्रमाण जुटाउने काम भइरहेको छानबिन समिति स्रोत बताउँछ। 

एसएसपी श्याम खत्रीविरुद्ध पनि ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा चल्ने सम्भावना छ। उनी छानबिन समितिमा उपस्थित नै भएका छैनन्। उनी गत वर्षको साढे ३३ किलो सुन तस्करी प्रकरणका प्रतिवादी हुन्। 

विमानस्थलबाट हुँदै आएको संगठित तस्करी र त्यसमा एयरलाइन्सका कर्मचारी तथा प्रहरीको संलग्नतासम्बन्धि विवरणहरु केही दिनपछि सार्वजनिक गर्ने छानबिन समितिको तयारी छ। 

Xtrem

Xtrem

प्रहरीविरुद्ध के छ प्रमाण? 

सिनियर प्रहरी अधिकारीलाई नै प्रतिवादी बनाइएको यो अनुसन्धानका धेरै पाटो छानबिन समितिले गोप्य नै राखेको छ। मुख्य तस्कर चुडामणि उप्रेती ‘गोरे’सँग निकटता भएको आधारमा प्रहरी अधिकारीहरुलाई मुद्दा चलाइएको आशंका पनि गरिएको छ।

छानबिन समितिका एक सदस्य भने अकाट्य प्रमाणका आधारमा आफूहरुले अनुसन्धान गरेको बताउँछन्। ‘फोन सम्पर्कका आधारमा मात्र कसैलाई पनि प्रतिवादी बनाइएको छैन,’ छानबिनमा आबद्ध गृह मन्त्रालयका एक अधिकारीले भने, ‘जो-जो प्रहरीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको छ, उनीहरुले ३३ किलो सुन तस्करीमा सघाएको बलियो प्रमाण छ।’

छानबिन समितिले बयानमा बोलाएकामध्ये सई गजेन्द्र रावलविरुद्ध भने बलियो प्रमाण नभेटिएको भन्दै प्रतिवादी बनाइएको छैन। यद्यपि उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्