काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आइतबार श्रमिक सूचना बैंकको उद्घाटन गरेका छन्।
सरकारको नीती तथा कार्यक्रमअनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रम मन्त्रालयले श्रमिक सूचना बैंकको स्थापना गरेको हो।
श्रमिकहरुलाई सीपअनुसारको रोजगारी उपलब्ध गराउन तथा रोजगारदाताहरुसँग जोड्न श्रमिक सूचना बैंकले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री यादवले बताए।
त्यस्तै कृषिलगायत अन्य क्षेत्रमा श्रम बजारमा आवश्यकताअनुसार श्रमिक पूर्ति गर्न यो श्रमिक बैंकले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री यादवले प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।