काठमाडौं- रोजगारीका लागि विश्वका विभिन्न देशमा श्रम स्वीकृत लिएर जाने नेपालीको संख्या आर्थिक वर्ष २०७६/०७७ मा २०.५ प्रतिशले घटेको छ।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या आर्थिक वर्ष २०७६/०७७ मा ३४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।