काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) घट्ने अनुमान गरेको छ।
विभागका महानिर्देशक सुमनराज अर्यालले आर्थिक वर्ष २०७४/७५ को ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा जिडिपी वृद्धिदर ५ दशमलब ८९ प्रतिशत पुग्ने अनुमान गरेको बताए। सो वृद्धिदर गत आर्थिक वर्षमा ७ दशमलब ३९ प्रतिशत हुने संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०७२/०७३ मा शून्य दशमलब २० प्रतिशत हुने अन्तिम अनुमान रहेको विभागले जनाएको छ।
नेपालीको प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन भने बढ्ने अनुमान विभागले गरेको महानिर्देशक अर्यालले बताए। यस वर्ष नेपालीको वार्षिक आय प्रतिव्यक्ति १ हजार ४ अमेरिकी डलर अर्थात् नेपाली १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ हुने विभागले जनाएको छ।
गत वर्ष नेपालीको वार्षिक औसत आम्दानी ८ सय ६६ अमेरिकी डलर थियो। गत वर्षको तुलनामा यस वर्ष नेपालीको औसत आम्दानी वार्षिक १ सय ३८ अमेरिकी डलरले बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।