काठमाडौं-सरकारले काेरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट गरेकाे लकडाउनयता हवाई उडानमार्फत् करिब ५२ हजार नेपाल स्वेदश आएका छन्। चैत ११ देखि भदौ ७ सम्म ५१ हजार ९ सय ८७ जना नेपाली स्वदेश आइसकेका हुन्। आउने क्रम अहिले पनि जारी छ।
लकडाउनकाे सुरुवाती चरणमा विदेशमा अलपत्र परेका नेपालीलाई आउन रोक लगाइए पनि पछिल्लो समय विदेशबाट नेपाल आउने क्रम जारी छ।
सबैभन्दा बढी युएईबाट फर्किएका छन्। युएइबाट मात्रै १४ हजार ४ सय ८१ नेपाली नेपाल आइसकेका छन्। यसैगरी साउदी अरबबाट ७ हजार ८ सय १७, मलेसियाबाट ७ हजार ७ सय ९५, कुबेतबाट ६ हजार ३ सय २९ र कतारबाट ६ हजार १ सय ९१ जना नेपाल आएका छन्।
कुन देशबाट कति?

कुन प्रदेशका कति?
चैत ११ गतेदेखि भदौ ७ गतेसम्म नेपाल फर्किएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन्। यो अवधिमा बागमती प्रदेशका मात्रै १४ हजार ४ सय ८६ जना नेपाल आइसकेका छन्।
यसैगरी प्रदेश १ का १० हजार ९ सय ६२, प्रदेश २ का ८ हजार ६ सय १८, गन्डकी प्रदेशका ६ हजार ७ सय ४६, प्रदेश ५ का ८ हजार ६ सय ५८, कर्णाली प्रदेशका १ हजार १ सय ८४ र सुदूरपश्चिमका १ हजार ३ सय ३३ जना नेपाल फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।