• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अदालती भ्रष्टाचार र बिचौलिया खोजी : प्रतिवेदन बुझ्दै, दराजमा थन्क्याउँदै

कार्यान्वयन होलान् चौथो समितिका सुझाव?
64x64
दुर्गा दुलाल आइतबार, भदौ ७, २०७७  १८:२७
1140x725

काठमाडौँ- अदालतमा भ्रष्टाचारका साथै बिचौलियाको चलखेल हुने गरेको भन्ने आरोप पुरानै हो। समयसमयमा सर्वोच्च अदालतले अदालती भ्रष्टाचार र बिचौलियाको खोजी गरी त्यस्ता विषय अदालतबाट टाढै पुर्‍याउने गरी हालसम्म चार समिति गठन भएका छन्। तर यी मध्ये तीन समितिका प्रतिवेदन कुन दराजको कुनामा थन्किएका छन् सर्वोच्च अदालतलाई पल्टाउने चासो छैन। अदालतमा हुने भन्ने गरिएको भ्रष्टाचार र बिचौलियाको चलखेल अन्त्य गर्ने गरी अध्ययन प्रतिवेदन बुझाउने गरी फेरि अर्को समिति गठन गरिदिएको छ। 

प्रधानन्यायाधीश राणा नै संलग्न भएको इजलासबाट भएको फैसला विवादमा आएपछि अदालतमा भ्रष्टाचार हुने गरेको विषयले पुन एक पटक बहस छेड्यो।श्रीमती मारेर जलाएको अभियोगमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रुञ्जन कोइरालालाई सजायमा भारी छुट दिएपछि राणामाथि प्रश्न उठ्यो। यही विषयमा नेपाल बार एसोसियनसले प्रधानन्यायाधीश राणालाई अदालतमा विकृति बढ्दै गएको भन्दै ध्यानाकर्षण गराएपछि राणा नेतृत्वको सर्वोच्चले पनि अर्को अध्ययन समिति खडा गरिदियो। 

बारको ध्यानाकर्षण र जनदबाबलाई हेरेर सर्वोच्चले सर्वोच्चका न्यायाधीशको संयोजकत्वमा चौथो अध्ययन कार्यदल गठन गरेको हो। न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिमा न्याय परिषद, बार र महान्यायाधीवक्ता कार्यालयको प्रतिनिधि पनि संलग्न हुने उल्लेख छ।

यो पनि पढ्नुहोस्

बिचौलिया खोज्न सर्वाेच्चले गठन गर्‍यो समितिशुक्रबार, साउन ३०, २०७७

यसअघि तीन वटा अध्ययन कार्यदल गठन भएका थिए। ती समितिले अध्ययन गरी प्रतिवेदन पनि बुझाए तर ती प्रतिवेदन हालसम्म पनि गोप्य छन्। २०६४, २०६६ र २०७२ मा अदालतको विकृतिबारे अध्ययन गरी निराकरणका उपाय सुझाउन समिति गठन भएका थिए।

ती समितिले अदालतको समस्या पहिचान गरि अल्पकालीन र दिर्घकालीन गरि सुझाव दिएका थिए। विगतमा नै ठूलो धनराशी खर्च गरी तयार भएका ती प्रतिवेदन कार्यान्वयन नभएकाले अहिले बनेको समितिको प्रतिवेदन पनि कार्यान्वयन हुने ग्यारेन्टी छैन। 

न्यायालयको विकृति अध्ययन गर्न गठन भएको समितिले २०७२ सालमा करिब ३ महिना लगाएर निर्माण गरी अहिलेसम्म गोप्य राखिएको प्रतिवेदन नेपाल लाइभले प्राप्त गरेको थियो। उक्त प्रतिवेदनमा सर्वोच्च अदालतका न्यायाधीशहरुले नै न्यायाधीशका नाममा पैसा उठाउने कार्यमा कतिपय कानुन व्यवसायी, कर्मचारी संलग्न हुने गरेको दाबी गरिएको छ।

यो पनि पढ्नुहोस्

‘न्यायाधीशको नाममा पैसा उठाइन्छ, नेतृत्व किन मौन?’, यस्तो छ न्यायालयमा विकृतिबारे अध्ययन गरेको समितिको गोप्य प्रतिवेदमंगलबार, वैशाख १८, २०७५

पछिल्लो प्रतिवेदनले यस्तो गम्भीर विषय उठाउँदासम्म सर्वोच्च नेतृत्व मौन बस्यो। प्रतिवेदन कार्यान्वयन त के कुरा सार्वजनिक गर्ने हिम्मतसमेत कुनै प्रधानन्यायाधीशले गरेनन्। श्रेष्ठपछि सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भए। तर उनीहरूले यो प्रतिवेदन कार्यान्वयनमा चासो देखाएनन्।

न्यायालयको विकृतिबारे अध्ययन गर्न २०७२ सालमा दोस्रो पटक सर्वोच्चले एक समिति गठन गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले २०७२ साउन २१ गते समिति गठन गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो पटक २०६६ साल पुस ७ गते मा तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले अदालतमा हुने भ्रष्टाचार र बिचौलिया निर्मूल पार्ने गरी अध्ययन गरी सुझाव दिनका लागि समिति गठन गरेका थिए। समिति गठन गरेलगत्तै उनले अवकाश पाएपछि त्यसलाई रायमाझीपछिका प्रधानन्यायाधीश (हाल मानव अधिकार समितिका अध्यक्ष) अनुपराज शर्माले पूर्णता दिँदै प्रतिवेदन बुझेका थिए। तर, उक्त समितिको प्रतिवेदन सार्वजनिके नै भएन।  

त्यसको ६ वर्षपछि २०७२ मा श्रेष्ठले अर्को समिति गठन गरेका थिए। सो समितिमा न्यायाधीशहरू गिरीशचन्द्र लाल, वैद्यनाथ उपाध्याय, गोविन्दकुमार उपाध्याय र तत्कालीन सह–रजिष्ट्रार हाल उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी सदस्य–सचिवको रूपमा थिए। समितिले ९ महिना लगाएर १ सय ५ पेज लामो प्रतिवेदन तयार गरेको थियो। तर, उक्त प्रतिवेदन पनि हालसम्म गोप्य राखिएको छ।

यो पनि पढ्नुहोस्

न्यायालयमा भ्रष्टाचार : प्रधानन्यायाधीश र न्यायाधीशहरुकै मिलेमतोमा वर्षौंदेखि प्रतिवेदन गोप्यमंगलबार, वैशाख १८, २०७५

सर्वोच्च प्रशासनमा रहेको उक्त प्रतिवेदन सार्वजनिक गर्न विभिन्न क्षेत्रबाट पटकपटक माग भएपनि प्रधान्यायाधीश र न्यायाधीशहरूकै मिलेमतोमा लुकाउँदै आइएको छ। प्रतिवेदन बुझेको दिन २०७२ मंसिर २९ गते तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठले तोक लगाउँदै अध्ययन गरी कार्यान्वयनको कार्यसूची पेस गर्न रजिष्ट्रारलाई पठाएका थिए। तर, उक्त प्रतिवेदन कार्यान्वयन भएन उल्टै दराजमा हरायो। प्रतिवेदनमा तोक लागेपछि सर्वोच्चमा चार रजिष्ट्रार र २ मुख्य रजिष्ट्रार नियुक्त भइसकेका छन्।  

कहिले होला कार्यन्वयन?
चारैतिरको दबाबले चौथो अध्ययन समिति गठन भएको छ। तर समिति गठन भएपनि यसको प्रतिवेदन सार्वजनिक हुने र कार्यान्वयन हुनेमा निश्चिन्त हुने अवस्था छैन। तीन समितिको प्रतिवेदनले देखाएको समस्या र अहिलेको समस्या उस्तै भएकाले कार्यान्वयन हुनेमा आश्वस्त हुने अवस्था सिर्जना नभएको हो।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले नवगठित समितिले पेस गरेका सुझाव कार्यान्वयन गर्न बारले दबाब सिर्जना गर्ने बताए। ‘यसअघिका समितिको प्रतिवेदन सार्वजनिक भएका थिएनन्। हामीले पनि हेर्न पाएनौँ,’ महासचिव पौडेलले भने, ‘तर अब बारको पनि प्रतिनिधित्व हुने भएकाले कार्यान्वयनमा शंका गर्न मिल्दैन।’

भर्खर समिति गठन भएकाले यसलाई सफल बनाउने तर्फ काम गर्नुपर्ने पौडेलले बताए। ‘अब बन्ने प्रतिवेदन कार्यान्वयनका लागि दबाब बारले जारी राख्छ र कार्यान्वयन गराउँछ,’ उनले भने, ‘विगतका ती सबै प्रतिवेदन हेरेर बनाउने भएकाले कार्यान्वयन हुन्छ।’  

यो पनि पढ्नुहोस्

कानुन बनाएर अदालतका बिचौलियालाई कारबाही : प्रधानन्यायाधीश राणाआइतबार, माघ ६, २०७५

समितिले सिफारिस गर्ने कार्यान्वयन सर्वोच्च नेतृत्वले गर्ने भएकाले यो अझै पनि चुनौतीपूर्ण रहेको देखिन्छ। ‘यो प्रतिवेदन कार्यान्वयनमा बारले अन्तिमसम्म दबाब जारी राख्छ,’ उनले भने, ‘भर्खर समिति बनेकाले कार्यान्वयनमा शंका गर्ने समय बाँकी नै रहेको छ।’  

यस्ता थिए तीन प्रतिवेदनका मुख्य अंश 
न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन समिति–२०६४

-कतिपय न्यायाधीश इमानदार र सक्षम छैनन्। आचरण र क्रियाकलाप पदीय मर्यादा अनुकूल छैन।
-फैसला अनुमानै गर्न नसकिने विषय बनेको छ।
-न्यायपालिकामा भ्रष्टाचार मौलाउँदै छ।

विकृतिविहीन न्यायपालिकाको विकास अध्ययन प्रतिवेदन–२०६६
-नियमित कामको लागि समेत रकम लिने न्यायाधीश र कर्मचारीलाई कारबाही गर्ने व्यवस्था प्रभावकारी छैन।
-आर्थिक अनियमितता र भ्रष्टाचार गर्नेलाई उपयुक्त किसिमको कारबाही छैन, आर्थिक अनुशासनबारे प्रश्न उठे तत्कालै छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने परिपाटीको अभाव छ। 
-आफ्ना मान्छेका गलत कामहरू ढाकछोप गर्ने संरक्षणवादी प्रवृत्ति कायम छ। 
-विकृति र विसंगति हटाउन प्रधान न्यायाधीशले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।

न्यायपालिकामा विकृति विसंगति अध्ययन समिति–२०७२
-सर्वोच्च अदालतमा समयमा इजलास नबस्ने र मुद्दा पन्छाउने प्रवृत्ति छ।
-न्यायपालिकाभित्र गरिने शुद्धीकरणको सुरुआत न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद्बाट गर्नुपर्छ। 
-परिषद्का पदाधिकारी इमानदार तथा कानुनको शासन र स्वच्छ न्यायप्रति प्रतिबद्ध हुनुपर्छ। 
-न्यायाधीश तथा कर्मचारीको पदस्थापन, काज र सरुवाको मापदण्ड बनाउनुपर्छ। 
-नराम्रा काम गर्ने न्यायाधीश र कर्मचारीलाई कारबाही गर्नुपर्छ। कारबाहीको भयबाट विकृतिजन्य काम कारबाहीमा कमी आउँछ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्