काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ।
करिब दुई घण्टा चलेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर संवाद भएको जनाइएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहान करिब ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ओली निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा दुवै नेताबीच आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्ने विषयमा विचारविमर्श भएको थियो।
छलफलका क्रममा अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया व्यवस्थित बनाउन एकै चरणमा निर्वाचन सम्पन्न गर्ने विकल्पबारे सरकारको ध्यानाकर्षण गराएको बताइएको छ। भेटवार्तापछि ओली बालुवाटारबाट फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।