काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_का वरिष्ट नेता बालेन्द्र शाह -बालेन_को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ।
शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए।
झापा-५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन्। घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।