काठमाडौं– पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको हो ।
स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्। छोराहरू बाबुराम भट्टराई, शिवप्रसाद भट्टराई र छोरीहरूमा पार्वती भट्टराई र थीरकुमारी भट्टराई हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।