काठमाडौं– प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणााले अदालतमा बिचौलीयाको साम्राज्य नै रहेको भन्दै कानुन बनाएर भए पनि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै राणाले अब न्यायालयमा विचाैलिया राज नचल्ने चेतावनी दिए। 'बिचौलीया निरुत्साहित गर्न कानुन संशोधन गरेर उनीहरूलाई अवहेलना मुद्दा चलाइन्छ,' राणाले भने, 'यसबारे फुलकाेटमा छलफल भइरहेको छ।'
आफ्नो लक्ष्य न्यायालय सुधार रहेकाे भन्दै राणाले त्यसका लागि जस्ताेसुकै कदम चाल्न आफू लागिपर्ने बताए। पेसी ताेक्दा हुने चलखेलका विषयमा पनि छलफल भइरहेकाे राणाको भनाइ छ।
'यत्रतत्र बिचौलीया छन्, उनीहरूलाई कानुनी दायरामा ल्याउन सजिलो छैन। उनीहरूको भूमिकालाई न्यून गर्न अवहेलनामा कारबाही गर्न हामी कानुन बनाउने तयारी गरिरहेका छौँ,’ राणाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।