बारा– गृह मन्त्रालयले फिल्डका समस्या बुझ्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु गरेको छ। बुधबार २ नम्बर प्रदेशबाट सुरक्षा गोष्ठी सुरु भएको हो।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सुरु भएको गोष्ठीमा २ नम्बर प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी पमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सेनाका अधिकारीहरु सहभागी छन्।
कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नयाँ परिवेशमा देखिएका समस्या बुझ्न सातै प्रदेशमा सुरक्षा गोष्ठी सुरु गर्न लागिएको बताए। सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै संवेदनशील प्रदेश २ भएको उनको भनाइ थियो। उनले मिलेमतोमै तस्करी हुने गरेको सूचना आएको भन्दै तस्करी तथा गुन्डागर्दी नियन्त्रण गर्न निर्देशन दिए।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रदेश र संघका सुरक्षासम्बन्धी अधिकारका विषयमा केही अन्योल देखिएको र दुई हप्ताभित्रै त्यसलाई प्रस्ट पारिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।